वीरगञ्ज– विद्यालयमा विद्यार्थी नेतृत्व विकास तथा जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले आयोजित विद्यार्थी नेतृत्व हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सुरुवात विद्यार्थी नेताहरू, हाउस प्रतिनिधिहरू तथा स्काउटको मार्चपासबाट गरिएको थियो। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गर्दै राष्ट्रप्रति सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले युवा नेताहरूलाई ताली बजाएर उत्साहजनक स्वागत गरेका थिए।
कार्यक्रममा वरिष्ठ विद्यार्थीले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा अनुशासनात्मक वातावरणलाई अझ सुदृढ बनाउन विद्यार्थी नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताइन्। त्यसलगत्तै विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए।
समारोहको मुख्य आकर्षणका रूपमा विद्यार्थी नेताहरूको औपचारिक जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो। यस क्रममा हाउस क्याप्टेन, उप-क्याप्टेन तथा स्काउटलाई ब्याज र स्यास प्रदान गरिएको थियो। साथै हेड ब्वाय र हेड गर्ललाई प्रमुख अतिथि प्याप्सन पर्साका संस्थापक मनिपाख्रिङ र संस्थापक लालबाबु पटेलले विशेष ब्याज प्रदान गरी नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरिएको थियो। उहाँहरुले नव नियुक्त विद्यार्थी नेताहरूलाई शपथ ग्रहण गराइएको थियो। प्रमुख अतिथिले विद्यार्थीहरूलाई इमानदारी, अनुशासन र जिम्मेवारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रेरित गर्दै नेतृत्व क्षमता विकासमा निरन्तर लाग्न सुझाव दिएका थिए।
कार्यक्रममा हेड ब्वाय र हेड गर्लले आफ्नो धारणा व्यक्त गर्दै विद्यालय तथा विद्यार्थी समुदायको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अनुभवी व्यक्तित्वहरूको प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास, अनुशासन र जिम्मेवारीबोधको विकास हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा सनलाइट कलेजका प्रिन्सिपल एवं हिसानका उपाध्यक्ष आलोक चौरसिया, माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, ओम नेशनल एकेडेमीका प्रिन्सिपल हरिश्याम ठाकुर, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता, न्यूवेभ माविका प्रिन्सिपल सुभाष प्रधान नेपाल, आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज पर्साका अध्यक्ष मुनेश कुमार लायो, मगर विद्या सदन माविका प्रिन्सिपल लालबहादुर गुरुङ, जगत समाचारका सञ्चालक जगत राई लगायतले ब्याज तथा सपथ ग्रहण गराउनुभएको थियो।
मनकामना माविका डाइरेक्टर एवं प्रिन्सिपल पूरन प्रधानको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका सञ्चालिका संगीता प्रधान तथा अन्य शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सहायक प्रिन्सिपल सुनिल यादवले गरेका थिए। मनकामना माविद्वारा आयोजित ःMAP MASTER(see challenge)प्रतियोगिता आयोजना गरेकोमा कर्णाली समूह(Karnali Group)
१. विद्या सदन (1st Vidya Sadan)
२. सनलाइट (2nd Sunlight)
३. सनलाइट(3rd Sunlight)
४. न्यू वेभ (4th New Wave)
५. जीवन ज्योति (5th Jeevan Jyoti)
गण्डकी समूह (Gandaki Group)
१. सनलाइट (1st Sunlight)
२. मिनिल्याण्ड(2nd Miniland)
३. जीवन ज्योति (3rd Jeevan Jyoti)
४. ओम नेशनल(4th Om National)
५. सनलाइट (5th Sunlight) भएका थिए। विजेता उपविजेताहरूलाई शिल तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो।