वीरगञ्ज– विश्वप्रसिद्ध आध्यात्मिक संस्था आर्ट अफ लिभिङको आयोजनामा चारदिने ‘ह्याप्पिनेस प्रोग्राम’ असार १० देखि १३ गते (२४–२७ जुन २०२६) सम्म वीरगञ्जस्थित त्रिवेणी गोपाल कम्प्लेक्समा सञ्चालन हुने भएको छ। कार्यक्रमको सञ्चालन आर्ट अफ लिभिङका प्रशिक्षित प्रशिक्षक चन्देश्वर प्रसाद साहले गर्नेछन्।
यस विशेष कार्यक्रमको उद्देश्य मानिसहरूलाई तनावमुक्त, खुसी तथा सन्तुलित जीवन जिउने कला सिकाउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूलाई श्वास–प्रश्वासका विशेष प्रविधि, ध्यान, योग तथा जीवन व्यवस्थापनका व्यावहारिक उपायबारे प्रशिक्षण प्रदान गरिनेछ।
आयोजकका अनुसार वर्तमान समयमा बढ्दो तनाव, क्रोध, डर, चिन्ता तथा मानसिक दबाबका कारण मानिसहरूको दैनिक जीवन प्रभावित भइरहेको छ। यस्तो अवस्थामा ह्याप्पिनेस प्रोग्रामले मानसिक शान्ति, आत्मविश्वास तथा सकारात्मक ऊर्जा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।कार्यक्रमबाट सहभागीहरूले निम्न लाभ प्राप्त गर्न सक्ने आयोजकको दाबी छ।
तनाव तथा क्रोधबाट राहत, डर, चिन्ता र नकारात्मक भावनाबाट मुक्ति,अनिद्रा तथा मानसिक अशान्तिमा सुधार,आत्मविश्वास तथा सकारात्मक सोचको विकास,स्वस्थ, खुसी र ऊर्जावान जीवनशैलीको प्रवर्द्धन गर्ने।
कार्यक्रम प्रत्येक दिन बिहान ५:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुनेछ। आयोजकले रक्सौल, वीरगञ्ज तथा आसपासका क्षेत्रका नागरिकहरूलाई कार्यक्रममा सहभागी भई जीवनमा सुख, शान्ति र आनन्दको अनुभूति लिन आग्रह गरेका छन्। कार्यक्रम सम्बन्धी थप जानकारी तथा नाम दर्ताका लागि इच्छुक व्यक्तिले ९८५५०२७०९० तथा ९८५५०३२२२३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
“तनावमुक्त मन, स्वस्थ शरीर र खुसी जीवनतर्फको एक सार्थक कदम” भन्ने सन्देशसहित आर्ट अफ लिभिङले यो विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।