कानूनी पालना गर्ने र कार्यन्वयन गराउने सवालमा पर्सा प्रहरीअहिले निकै निर्मम देखा परेको छ । पर्सामा नयाँ प्रैहरी प्रमुखको रुपमा पवन भट्टराई आएपनि आफ्नो मातहतका प्रहरी अधिकृतले गल्ती गरेपनि कानून कारवाही गर्नबाट पछि पर्दैनन भन्ने सन्देश हिजो राती क्लार्क होटलमा भएको क्यासिनो प्रकरणले दिएको छ । क्यासिनोमा जुवा खेलिरहको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक प्रदिप पौडेल पनि पक्राउ परेका छन । उनीसँगै सखुवा प्रसौनी गाउँ पालिकाको प्रमुख यसवन्त यादब समेत पक्राउ परेको छन । त्यसको साथै एम जना पालिकाको अध्यक्ष भने प्रहरी पुगेपछि ट्वाइलेटबाट भागेर पक्राउ हुनबाट बचेका छन । पक्रउ पर्नेहरुमा अन्य आठ जना रहेका छन । जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि ९क्यासिनो० मा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरेको थियो । प्रहरी टोलीले जुवा खेल्न र खेलाउन संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा त्यसैगरी नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी, पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज९१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यता, यही प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ। गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।पर्सा प्रहरीले क्यासिनोको हार्ड डिक्स, कागजात, कम्प्युटर र सिसिटिभीको डिभिआर बक्स पनि नियन्त्रणमा लिएको छ।
प्रदेशका उत्कृष्ट प्रहरी थिए पौडेल
जिल्ला प्रहरी पर्साका एसपी पवनकुमार भट्टराईले पक्राउ पुष्टि गर्दै इन्स्पेक्टर पौडेल २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीद्वारा नगदसहित पुरस्कृत भएको जानकारी दिए ।प्रहरीका अनुसार शनिबार राति ड्युटी छोडेर उनी गाउँपालिका अध्यक्ष र केही स्थानीय व्यवसायीसहित क्यासिनोमा गएका थिए ।
यसबारेमा संखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव संग सम्र्पक राख्दा आफु कहिल्य पनि क्यासिनोमा गएर जुवा खेल्ने काम नगरेको बताउनुहुन्छ । उनी आफनो राजनितिक चरित्र हत्या गर्न चालियोको सुनियोजित षड्यन्त्रको शिकार बनेको प्रतिक्रिया दिनुहुन्छ ।