वीरगञ्ज ।त्रिविया डिजिटल स्कूप प्राइभेट लिमिटेडको चौथो वार्षिकोत्सव शनिबार वीरगञ्जमा एक समारोहबीच सम्पन्न भएको छ।
कम्पनीका सञ्चालक अंकित चौरसियाको अध्यक्षता तथा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले त्रिविया डिजिटल स्कूपले छोटो समयमै आफ्नो सेवा विस्तार गर्दै सेवाग्राहीमाझ पहिचान बनाउन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। उनले प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल सेवाको महत्त्व पनि बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर, प्रभावकारिता र सेवाग्राहीमैत्री कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, डा. अमित तथा वरिष्ठ पत्रकार एवं जगत समाचारका सञ्चालक जगत राईलगायतले संस्थाको प्रगति र आगामी कार्ययोजनाबारे आ–आफ्नो धारणा राख्दै सफलताको शुभकामना व्यक्त गरे।
वक्ताहरूले डिजिटल प्रविधिको उचित प्रयोग गर्दै सेवाको गुणस्तर अभिवृद्धि गर्न र संस्थाको कार्यक्षेत्र विस्तार गर्न सुझाव दिएका थिए।
कार्यक्रमका अध्यक्ष एवं कम्पनीका सञ्चालक चौरसियाले संस्थाको यात्रामा साथ र सहयोग गर्ने सेवाग्राही, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
कम्पनीको चौथो वार्षिकोत्सवका अवसरमा संस्थाले हालसम्म हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा सेवा विस्तार र सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।