२९ असोज, वीरगञ्ज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको जारी मत गणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन् ।उनले गणना भएको मतमा सार्वधिक मत प्राप्त गरेपछि अव आगामी दिनमा हुने महाधिबेधशमा पार्टीको तर्फबाट पदाधिकारीमा फाइट गर्ने मार्ग प्रशस्त भएको छ भने उनले नेतृत्व क्षमता समेत देशब्यापी रुपमा स्थापित भएको छ । सर्व स्वीकर्य नेताको रुपमा स्थापित भएपछि नेपाली काँग्रेस पर्सामा भने उनले पाएको मतलाई पनि सर्वसम्मत नेताको पहिचान समेत प्राप्त गरेका छन ।
मिडिया सेन्टरले उपलब्ध गराएको जारी गणनाको मत परिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन् । अहिलेसम्म तीन हजार ९०० मत गणना भएको छ ।
नेता रामकृष्ण यादवले एक हजार ७३८ मतसहित दोस्रो र डा। गरिबदास ठाकुर एक हजार ७३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, दिनेश यादवले एक हजार ५७८, जितेन्द्र देवले एक हजार ५३६, अशर्फी साहले एक हजार ५१४, अशोककुमार शाहले एक हजार ३३९, उमेशचन्द्र यादवले एक हजार ३००, मिथलेश मिश्राले एक हजार १६९ र जंगिलाल रायले एक हजार ८४ मत प्राप्त गरेका छन् ।
यसैगरी, परमेश्वर साहले एक हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत पाएका छन् ।
मधेशी खुला पुरुषतर्फबाट तीन जना केन्द्रीय सदस्य छानिने व्यवस्था छ ।