वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४, पिपरास्थित सनसाइन बोर्डिङ स्कुलमा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयकी प्रिन्सिपल श्रीनिधि कुमारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सञ्चालक अमित आलोकले शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले दुर्गा माताको आशीर्वादले सबैका दुःख–कष्ट हटून् र हरेक परिवारमा सुख, शान्ति, समृद्धि तथा खुसी छाओस् भन्ने कामना गर्नुभयो। साथै, विजयादशमीले सबैको जीवनमा सकारात्मक ऊर्जा र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जगत समाचारका सञ्चालक जगत राई, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेश साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले विजयादशमी नेपालीहरूको महान् सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहिष्णुतालाई थप मजबुत बनाउने बताउनुभयो। उहाँहरूले चाडपर्वले परिवार तथा समुदायबीच आत्मीयता बढाउनुका साथै सामाजिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रमले विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा उपस्थित अतिथिबीच आपसी सद्भाव र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुर्याएको विद्यालयले जनाएको छ।
कार्यक्रमको सहजीकरण विद्यालयका कोअर्डिनेटर सन्दीपले गर्नुभएको थियो।