माडी नगरपालिकाले चितवनको माडी क्षेत्रमा प्लास्टिकजन्य कृत्रिम फूल तथा गुच्छा (माला) हरूको आयात र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।
स्थानीय किसानले उत्पादन गरेका प्राकृतिक तथा स्वदेशी फूललाई प्रोत्साहन र प्राथमिकता दिने मुख्य उद्देश्यसहित नगर कार्यपालिकाको कार्यालयले यो निर्णय गरेको हो।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बुधबार एक सूचना जारी गर्दै तिहार लगायतका चाडपर्वमा पूजाआजा, घर तथा कार्यालय सजावट तथा विशेष समारोहहरूमा प्लास्टिकका माला वा फूल प्रयोग गर्नुको सट्टा स्थानीय स्तरमै उत्पादित प्राकृतिक फूलहरूको प्रयोग बढाउनुपर्नेमा नगरपालिकाले जोड दिएका छन् ।
प्लास्टिकजन्य कृत्रिम माला तथा फूलको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पर्ने हुँदा यसलाई पूर्णरूपमा निषेध गरिएको सूचनामा जनाइएको छ ।
चाडपर्व तथा विशेष उत्सवका लागि प्राकृतिक फूल र माला सहज रूपमा प्राप्त गर्न सकिने स्थानीय पुष्प व्यवसायीहरूको सम्पर्क समेत नगरपालिकाले सर्वसाधारणलाई उपलब्ध गराएको छ ।
जसमा माडीका पुष्प व्यवसायी माडी १ मा, बरुवाका सन्तोष सुवेदी, माडी–३, बसन्तपुरका त्रिलोक महतो र अशोक लामिछाने छन् । त्यसैगरि माडी–५, ढुकुरबारीकी उर्मिला सुवेदी, माडी–६, स्याउलिबासका प्रेम बिष्ट, शिला रानाभाट, शिला आले र माडी–६, लक्ष्मीनिवासका शारदा खत्री र रत्न सापकोटा रहेका छन् ।