पर्सा- नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघले संगठन बिस्तार कार्यमा सक्रियता बढाएको छ ।
(ओबिसी) महासंघले संगठन बिस्तार तथा सदस्यता बितरण कार्यलाई निरन्त्रता दिदैं नेकपा एमालेको मिसन ८४लाई सफल बनाउन सक्रियता बढाएको हो ।
समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेर अगाडी बढीरहेका नेकपा एमालेको मिसन ८४लाई सफल बनाउन एकढिक भएर (ओबिसी) महासंघ लागेको महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादले बताएका छन । उनले नेकपा एमालेको सर्कुलर तथा अभियानलाई आफुहरु मुल मन्त्र बनाएर संगठन बिस्तार कार्यमा लागेको जानकारी दिए ।
उनले भने नेकपा एमाले जनप्रिय पार्टी हो, एमालेको पक्षमा जनमानस जोडन कुनै ठुला कुरा होईन्न,तै पनि केहि कुराका कारण परिणाम चाहिदों देखिएको छैन । तर बिपक्षीहरुले आम नागरीकमा फैलाईएका भ्रमक कुरालाई समाप्त पारियो भने पुनः पार्टी एक नम्बरमा पुग्नेछ र सोही भ्रमहरुलाई समाप्त पारेर गाउँ, गाउँ टोल, टोलमा पार्टीको उदेश्य र अभियानलाई पुर्याउने काममा (ओबिसी) महासंघ लागेको केन्द्रिय अध्यक्ष निषादले बताएका छन ।
उनले भने मधेश प्रदेशको ८औं जिल्लामा संगठन बिस्तारको कार्य तिब्र गतिमा भईरहको छ । पार्टीको अभियानलाई सफल बनाउन (ओबिसी) महासंंघले प्रणको रुपमा लिएर अगाडी बढीरहेको अवस्था छ, र सोही स्वरुप अहिले नेकपा एमालेको २३वटै जनसंगठन मध्ये (ओबिसी) महासंघ मधेश प्रदेशमा पहिलो स्थानमा रहेको दावी गरेका छन । पिछडावर्गको हकहितका लागी काम गरिरहेका (ओबिसी) महासंघ नेकपा एमालेको मिसन ८४को अभियान सफल पार्न योजनाहरु सुनिश्चत गरिसकेको बताए ।
केन्द्रिय अध्यक्ष निषादले केहि नेताहरुको स्वार्थका कारण केही ठाउँहरुमा पार्टी कमजोर भएको जानकारी गराउदैं पार्टी भित्रको मनमोटाव, गुट, उपगुटलाई समाप्त पारी पार्टीलाई प्राईवेट लिमिटेड कम्पनी नबनाई देश र जनताको हितमा रहेको समृद्ध नेपाल सुखी नेपालीको अभिभारालाई सम्पन्न पार्न एकजुट भएर सबै पंक्तीलाई अगाडी बढन आग्रह समेत गरेका छन ।
मधेश प्रदेशमा पिछडावर्गका समुदायको बढी संख्या रहेको हुनाले योजनाबद्ध भएर संगठन र पार्टीलाई बलीयो बनाउने अभियानमा महासंघ लागेको (ओबिसी) का केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका ईन्चार्ज अकलेश कुमार साहले बताएका छन ।
उनले मधेश प्रदेशमा (ओबिसी) महासंघले अहिले सम्म ५ हजार सदस्यता बितरण गरिसकेको र आउदो समयमा थप सशक्त भएर ५० हजार सदस्यता बितरण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन । २०८४को निर्वाचनमा दुईतिहाईको बहुमत सहितको सरकार बनाउने उदेश्य बोकेर अगाडी बढीरहेको नेकपा एमालेको अभियानलाई सफल बनाउन आफु कुनै कसर बाकी नराख्ने मधेश प्रदेशका ईन्चार्ज साहले प्रतिबद्धता समेत जनाएका हुन ।
यसै बिच संचारकर्मीसंग कुरा गर्दै महासंगका केन्द्रिय सदस्य सुनिल गुप्ताले युवाहरु देशका कर्णधार हुन र नेकपा एमालेका साथ युवा शक्ति रहेको हुनाले मिसन ८४ भब्यताका साथ सम्पन्न हुने दावी गरेका छन । उनले भने जनसंगठन नेता बनाउने फैक्ट्रिको रुपमा रहेको छ, त्यस कारण संगठनलाई बलियो बनाउने उदेश्यलाई पहिलो प्राथमिकतामा राखेर आफु अगाडी बढीरहेको बताए ।
(ओबिसी) महासंघको आयोजनामा आउदों जेष्ठ २४ गते विरगञ्जमा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको रहेको उपमहासचिव धनराज गुप्ताले जानकारी दिए । उनले (ओबिसी) महासंघको मधेश केन्द्रित अभियान संगैं देश भरी संगठन बिस्तार कार्यमा महासंघ लागेको बताएका छन ।