सरकारले २०८२/२०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजराले सहमती जनाएका छन ।
सरकारले ल्याएको निति तथा कार्यक्रममा आफ्नो धारण राख्दैं देशको समग्र विकास, समावेशी सशक्तीकरण र नागरिक सेवामा पहुँच अभिवृद्धिका लागि अत्यन्तै सकारात्मक दिशामा पाइला चालेको बताएका छन ।
उनले भने सदनमा उभिँदा गर्वका साथ भन्न चाहन्छु कि सरकारले आगामी आर्थिक वर्ष सरकारको दृष्टिकोण प्रष्ट छ , सशक्त राष्ट्र निर्माणका लागि स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद र पूर्वाधार विकासजस्ता आधारभूत स्तम्भहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयनको बाटो खुला गर्ने उनले दावी गरे ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद हजराले स्वास्थ्य क्षेत्रमा सरकारले स्थानीय तहका स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै प्राथमिक स्वास्थ्य केन्द्र बनाउने, दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरको पहुँच पु¥याउन टेलिमेडिसिन सेवा विस्तार गर्ने, तथा आमा–शिशु मृत्युदर घटाउने लक्ष्य सहित पोषण तथा खोप कार्यक्रमलाई तीव्रता दिने नीति सराहनिय रहेको बताएका छन । उनले भने यो नीति केवल उपचारमुखी होइन, मानवीय पहुँच र स्वास्थ्यको समानताको दिशामा लम्किएको क्रान्तिकारी सोच हो, भने मानसिक स्वास्थ्य र दीर्घरोग उपचारमा पनि समान ध्यान पु¥याउन अबको आवश्यकता रहेको जिकिर गरेका थिए ।
शिक्षा क्षेत्रमा डिजिटल शिक्षाको विस्तार, व्यवसायिक तथा प्राविधिक तालिमको प्रवद्र्धन, र विपन्न, दलित तथा जनजाति समुदायका लागि छात्रवृत्तिको वृद्धि जस्ता कार्यक्रमले समावेशी र भविष्यमुखी शिक्षा प्रणालीको आधार निर्माण गर्नेछ र शिक्षालाई रोजगारीसँग जोड्ने प्रयासहरू स्वागतयोग्य देखिएको बताउदैं सांसद हजराले भने हामी अझ स्पष्ट रूपमा भन्न चाहन्छौं—अब शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी, सृजनशीलता, उद्यमशीलता र प्रयोगात्मक दक्षतासँग जोडिनुपर्छ भने ध्यानकर्षण गराएका थिए ।
सांसद हजराले खेलकुद क्षेत्रमा सरकारको ध्यान विशेष गरी पूर्वाधार निर्माण, खेल एकेडेमी स्थापना, स्थानीय खेलमैदान विस्तार तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनतर्फ केन्द्रित भएको छ । यो रणनीति हाम्रा युवाहरूको उर्जा, प्रतिभा र राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने एउटा सशक्त आधार हो । यससँगै महिला खेलाडी र सुदूर क्षेत्रका प्रतिभावान युवाहरूलाई विशेष प्रोत्साहन र लगानी दिनुपर्ने आवश्यकता अझ बढी देखिने बताएका थिए ।
सांसद हजरा भन्छन.............उनले पर्यटनका क्षेत्रमा Visit Nepal Decade २०८०–२०९० को घोषणा एक दीर्घकालीन दृष्टिकोण हो । यस अन्तर्गत बौद्ध परिपथ, साहसिक पर्यटन, होमस्टे प्रवद्र्धन, र सडक तथा हवाई पहुँच विस्तारका पहलहरू नेपाललाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्य बनाउने दिशामा एक बलियो आधारका साथै डिजिटल प्रवद्र्धन, स्थानीय संस्कृतिको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचानको निर्माण आजको आवश्यकता रहेको प्रष्ट पारेका थिए ।
पूर्वाधार विकासको कुरा गर्दा सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको शीघ्र सम्पन्नता, स्मार्ट सिटी निर्माण, हरित ऊर्जा, सहरी यातायात र डिजिटल कनेक्टिविटीमा विशेष जोड दिएको छ। यी सबै कुराले विकासलाई केवल भौतिक रूपमै होइन, ८गुणस्तरीय, दिगो र वातावरणमैत्री बनाउने रणनीति बोकेको स्पष्ट संकेत गर्छ ।
अब कुरा कार्यान्वयनको हो। योजना बनाउने मात्र होइन, योजना कार्यान्वयनमा देखिने सुधारले मात्र जनताको विश्वास जित्न सकिन्छ। त्यसका लागि म केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु। पहिलो, नीति कार्यान्वयनको प्रगति मूल्याङ्कन गर्न एक प्रभावकारी निगरानी संयन्त्र आवश्यक छ। दोस्रो, स्थानीय तहहरूसँग सहकार्य गरी जनअपेक्षालाई योजना निर्माणमै समेट्ने अभ्यासलाई संस्थागत गर्नुपर्छ। तेस्रो, बजेट विनियोजनदेखि कार्यान्वयनसम्म पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनुपर्छ। चौथो, जनप्रतिनिधिहरूको प्रत्यक्ष निगरानीलाई संविधानले दिएको अधिकारअनुसार प्रयोग गरी योजनाको गुणस्तर र परिणाम सुनिश्चित गरिनुपर्छ।
आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रमले हामीलाई समावेशी विकास, सामाजिक न्याय र दिगो समृद्धिको नयाँ अध्याय प्रारम्भ गर्न प्रेरणा दिएको छ । अब हाम्रो साझा दायित्व हो—यसलाई जनतामैत्री, व्यावहारिक र परिणाममुखी कार्यान्वयनमा रूपान्तरण गर्नु ।
यस दूरदृष्टियुक्त, समावेशी र सन्तुलित नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत म सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु भने हामी सबै सांसदहरूको सक्रिय सहकार्य, मार्गदर्शन र प्रतिवद्धताबाट मात्र यो राष्ट्र नयाँ उचाइमा पुग्न सकिने भएकोले हातेमालो गरेर अगाडी बढन आग्रह समेत गरेका थिए ।