बाराको कलैयाबाट उत्पादीत ईमेज कम्पनाीको १ लिटरको पानीको बोतलमा प्रदुषण देखिएको छ ।
कलैया उपमहानगरपालीकाको वडा नम्बर ३बाट त्रीनिती नेचुरल रिसोर्सेश प्राईवेट लिमिटेड कम्पनीको नामले संचालीत ईमेज पानीमा प्रदुषण देखिएको हो ।
बारा जिल्ला निवासी प्रमोद यादव संचालक रहेका रिसोर्सेश प्राईवेट लिमिटेड कम्पनीले प्रदुषण युक्त पानी उत्पादन गरी जनताको जनस्वास्थ्यसंग खेलवाड गरिरहेको देखिएको छ ।
बारामा यस ईमेज कम्पनीले गुणस्तरहिन पानी उत्पादन गरि खुल्याम जनताको स्वास्थ्यसंग खेलवाड गर्दै कानुनको धज्जी उडाउदै गरेको प्रमाण समेत पाईएको छ ।
बारामा जनस्वास्थ्यसंग खेलवाड, उत्पादकको लापरबाही र फितलो अनुगमनका कारण बजारमा दुषित, न्युनस्तर र लेभल अपुर्ण भएको पानी कम्पनीको रुपमा ईमेज पानी कम्पनी भेटिएको छ ।
यता खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले यस्ता पानी उत्पादकलाई नछाड्ने र कारवाहीको दायरामा ल्याउने समेत बताउछ । पैसा तिरेर किनेको पानीमा समेत लापरबाही हुदाँ यसले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पार्ने देखिन्छ तै पनि बारामा नियमन निकायको मौनताले आश्च्रय चकित बनाएको छ ।
बारा जिल्लामा विडम्बना भनांै वा नियती पानी उत्पादकको लापरबाहि र सरकारको फितलो अनुगमनले यी पानी दुषित, न्युनस्तर वा लेभल अपुर्ण भएको पाइएको छ । तसर्थ यसको समयमै नियमन हुन आवश्यक छ ।
बोतलमा पानी बेच्ने अधिकांश कम्पनीले आफ्नो उत्पादन ’मिनरल वाटर’ भनी दाबी गर्दै लेबलसमेत टाँसेका हुन्छन । तर, त्यसका लागि पालना गर्नुपर्ने वैज्ञानिक प्रक्रिया ती कम्पनीले पूरा गरेका छन् कि छैनन् भन्ने विभागलाई थाहा छैन ।
बाराका प्रशिद्ध पानी कम्पनीको नामले परिचित त्रीनिती नेचुरल रिसोर्सेश प्राईवेट लिमिटेड (ईमेज पानी) कम्पनीका संचालक यादवको राजनितिक पहुच निकै गहिरो रहेको देखिएको छ र सोहीको भरमा आफु उपभोेक्ताको स्वास्थ्यसंग खेलवाड गरी खुलयाम कानुनको धज्जी उडाईरहेको समाचार स्रोतको दावी छ । यस्ता घटना प्रति बारा जिल्लाको प्रशासन तथा नियमन निकायले कुन खालको एक्सन देखाउछ हेर्न बाकी ।
यता यस बिषयमा संचालक प्रमोद यादवसंग बुझ्दा आफु बेखबर रहेको भन्दै गैरजिम्मेवारीपन देखाएका थिए ।
यता यस बिषयमा जिल्ला प्रशासन कार्यालय बाराका सुचना अधिकारीसंग बुझ्न खोज्दा फोन नै उठेन ।