वीरगञ्ज– छिमेकी देश भारतमा अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको तत्वावधानमा शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा बिहीबार एक दिवसीय निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।
उक्त शिविरको किरण आँखा अस्पतालका डा.अमर क्याल र सम्मेलनकी अध्यक्ष सोनु काबराले संयुक्तरूपमा उदघाटन गरेका थिए।शिविरको उदघाटन समारोहमा पूर्व अध्यक्ष वीणा गोयल, सचिव संगीता धानोठिया, रचना रूँगटा, सुशीला धानोठिया, सीमा अग्रवाल, शिव कुमार केशान, राजकुमार अग्रवाल, सीताराम गोयल र विमल रूँगटा लगायतको विशेष उपस्थित रहेको थियो।
शिविरमा आएका बिमारीहरुलाई डा. अमर क्यालले आँखा मानिसको महत्त्वपूर्ण अङ्ग भएकोले यसलाई गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको बताए । उनले मानव शरीरको अति संवेदनशील अङ्ग भएकोले यसको नियमित चेकजाँच गरि राख्न आवश्यक रहेको बताउँदै आँखाका सामान्य समस्याले गम्भीर आँखाको नानीलाई समस्या निम्त्याउन सक्ने डाक्टर क्यालले बताएका हुन । हामीले विशेषगरी आजको तनावपूर्ण जीवनशैलीले आँखामा समस्या आउन सक्ने भएकोले समयमा उपचार गरिएमा अन्धोपनबाट जोगिन सकिने डाक्टर क्याले बताएका छन् ।
शिविरमा बीरगंजकी प्रख्यात स्त्री रोग विशेषज्ञ डा. नवनीत राज पाण्डेयलाई विशेष सम्मान स्वरूप अंगवस्त्र प्रदान गरिएको थियो। डा. पाण्डेयले महिला सम्मेलनको यस सामाजिक सेवाको खुलेर प्रशंसा गर्नुभयो।
शिविरमा किरण आँखा अस्पतालका डा. अमर क्यालसहित एन्ड्रिका (ओप्टोमेट्रिस्ट), गुडिया, कविता (कोअर्डिनेटर), कुमार जी, रुबी, मनदीप र रामबाबू लगायतको टोली रहेको थियो । शिविरमा ३०० भन्दा धेरै बिरामीहरूको आँखा चेकजाँच गरिएको हो । शिविरमा आँखाको रातोपन, पानी बग्ने, दृष्टिमा कमजोरी, मोतियाबिन्दु लगायत समस्या देखा परेको थियो । शिविरमा चेकजाँच गरिएका बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको महिला सम्मेलनकी अध्यक्ष सोनु काबराले बताएकी छिन् ‘नर सेवा नारायण सेवा’को भावना अनुरूप यस्तो शिविरको आयोजना गरिएको बताउँदै रक्सौल शहरका वरिष्ठ नागरिकहरूसँगै सरस्वती विद्या मन्दिरका विद्यार्थीहरू तथा आसपासका बिमारीहरुको आँखा चेकजाँच गरिएको हो । शिविरमा आँखा चेकजाँच गरिएका बिमारीहरुको मोतियाबिन्दु पाईएका बिरामीहरूको निःशुल्क शल्यक्रिया महिला सम्मेलनले गर्ने जानकारी दिएको छ भने किरण आँखा अस्पतालको सहकार्य रहेको थियो ।

शिविरको सफलतामा डा. नवनीत राज पाण्डेय, सोनु काबरा, वीणा गोयल, संगीता धानोठिया, अनुराधा शर्मा, शिखा रंजन, सुनीता शाह, सीमा अग्रवाल, रचना रूँगटा, सुमन धानोठिया, सारिका अग्रवाल, रेणु रूँगटा, सीताराम गोयल, शिव कुमार केशान, राजकुमार अग्रवाल र विमल रूँगटा एवम् बुद्धिजीवी समाजसेवी स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागीता रहेको थियो।