वीरगन्ज १० जेठ । कलैया उपमहानगरपालिका वडा नं ३ गगांपुर स्थित रहेको मधेस प्रदेश सरकार अन्तर्गत रहेको श्रम तथा यातायात मन्त्रालयको मातहतमा पर्ने यातायात व्यवस्था कार्यालय कलैयाले संतोषजनक राजस्व संकलन गरेको छ। चालु आ।व ।२०८१र८२ को साउन १ गतेदेखि जेठ ६ गते सम्मको ८ महिना ५ दिनको अवधिमा ८ करोड २१ लाख ७० हजार १ सय ३२ रुपैया बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख अरविन्दर दासले बताए १ साथै सो कार्यालयले सबैभन्दा बढी सवारी कर शीर्षकमा राजस्व संकलन गरेको हो १ तसर्थ जसमा ३ करोड ८३ लाख ८७ हजार रुपैया संकलन भएको प्रमुख दासले जानकारी गराए।
अर्थात ,सो कार्यालयले सार्बजनिक गरेको तथ्यांकअनुसार अनुमती पत्र पास ९नयाँ० शिर्षकबाट रु।एक करोड ७९ लाख ६५ हजार राजस्व संकलन गरिएको छ। त्यसपछि अनुमति पत्र दर्ता ९नयाँ ० शिर्षकमा रु। ८३ लाख ७६ हजार तथा पटके शिर्षकबाट रु। ३९ लाख ९२ हजार ४० संकलन भएको तथ्यले देखाएको छ। साथै दर्ता थपमा रु। ३३ लाख ६२ हजार र नवीकरण शिर्षकमा रु। २७ लाख १६ हजार राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ। सवारी नवीकरण ,विविध ,शुल्क आयकर र अन्य शिर्षकहरुबाट पनि मनग्य आम्दानी भएको तथ्यांकले देखाएको छ।
साथै यस दैनिकसंग कुरा गर्ने क्रममा प्रमुख दासले भन्नुभयो कि सेवाग्राहीलाई सहज रुपमा पनि सेवा, सुबिधा लिने कार्यामा कुनै अप्ठ्यारो नहुने जिकिर गर्नुभएको छ। उहाँका अनुसार सेवाप्रवाहलाई सहज,पारदर्शीता र जनमुखी बनाउन कुनै कसर बाकी नरहेको बताए । कर्मचारी ब्यवस्थापन,अनुगमन र प्रबिधिको प्रयोगमा विशेष ध्यान दिईएको छ। दासका अनुसार डिजिटल प्रणालीको प्रभाकारिताले सेवाग्राहीहरु संतोषजनक रहेको छ। राजस्व तिर्न र सवारीसाधन सम्बन्धि काम गर्न सजिलो भएको छ।
कार्यालय प्रमुखले भने, माघ ८ गतेदेखि म कार्यालयको जिम्मेवारी सम्हालेका दासले आफ्नो कार्यकालपछि मासिक राजस्व रु।६१ लाखले बढेको दाबी गरेका छन् ।
भारतीय सीमावर्ती क्षेत्रसंग टासिंएको कलैयामा देखिएको यो सुधार प्रदेश सरकारको प्रशासनिक सक्रियता र संस्थागत क्षमताको उदाहरणको रुपमा लिईएको हो ।आगामी दिनमा प्राविधिमैत्री ,पारदर्शी र सेवामुखी प्रक्रियाबाट राजस्व संकलनमा थप फड्को मार्ने प्रमुख दासले बताए।