नेपालका किसानहरु र ब्यवसायीक बजारीकरणलाई ध्यानमा राखेर आज देखि थप नयाँ र पहिलोपटक १.७ टन क्षमता भएको महिन्द्रा बोलेरो पिकअप सार्वजनिक गरेको छ। बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गाडीको उदघाटन गदै अब कम्पनीले किसानहरुका लागि र ब्यवसायीकहरु हितमा लागेर ब्यवस्थापन गर्न आवश्यकता रहेको बताए ।
उनले भने अहिले नेपालमा धेरै भन्दा धेरै खपत हुने र जनमानसमा यसको विश्वास गर्ने आधार बलियो रहेकोले यसलाई निरन्तरता आफ्नो छाप छोड्न आग्रह गरेका हुन ।अग्नि ग्रुपले सबैको हितमा हुने यस्ता महिन्द्रा बोलेरो सहजरूपमा उपलब्ध हुने वातावरण सिर्जना गर्न समेत अध्यक्ष गौतमले अपिल गरेका छन् ।यहिले धेरै भन्दा धेरै प्रचारप्रसार गरेर आफ्नो बजारीकरण गर्न आवश्यक रहेको अध्यक्ष गौतमको भनाइ रहेको छ।महिन्द्राका युटिलिटि गाडीहरुको नेपालको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रालिले महिन्द्रा बोलेरो पिकअप फ्ल्याटवेड १.७ टी नामक नयाँ पिकअप गाडी सार्वजनिक गरेकोे हो ।
नेपालमा धेरै माग बढिरहेको हुनाले कम्पनीले यस्ता महिन्द्रा बोलेरो निर्माण गरेको प्रशासन प्रमुख रविन्द्र श्रेष्ठले बताएका छन् ।अहिलेसम्मकै नयाँ बोलेरो पिकअप १.७ टी मा २.५ लिटर क्षमताको एमटु डिआई सिआर डिजेल इन्जिन जडान गरिएको श्रेष्ठले बताएका हुन ।अहिले ६३ बिएचपी पावर र १९५ न्युटन मिटर र ९ फिट लामो कार्गोवेड डबल बेरियङ एक्जिल र ९ पाताको सस्पेन्सन जारी भएकोले वजन सन्तुलनमा रहन सक्ने क्षमता भएको प्रशासन प्रमुख श्रेष्ठले जनाएका छन् ।
उनले भने यसको मुल्य २५ लाख ६५ हजार तोकिएको र ग्राहकहरुको लागि अग्नि ग्रुप अन्तर्गत अग्नि हायरपर्चे मार्फत किस्ताबन्दीमा उपलब्ध गराउने भएको बताएको बताए ।यद्यपि कसैले उदघाटन समारोहमा खरिद गर्न चाहेको खण्डमा ७०५ प्रतिशत फाइनान्स ९.९९ प्रतिशत ब्याजदरमा अषाद महिनाको अन्तसम्म खरिद वा बुकिङ गर्नेको लागि शुन्य प्रोसेसिङ शुल्क र छिटो कर्जा उपलब्ध स्कृतिक सरल कागजमा गाडी उपलब्ध गराउने ब्यवस्था समेत रहेको श्रेष्ठले बताएका छन् ।
साथै उनले पुरानो गाडी वा बोलेरो पिकअप संग चेन्ज गर्नुपर्ने भएकोमा अग्नि आस्था प्रालि मार्फत उत्कृष्ट सुपथ मुल्यमा एक्चेन्ज गरिने बताए ।अहिले महिन्द्रा बोलेरोले आफ्नो छुट्टै पहिचान र बजारीकरण गरेकोले ग्राहकहरुले मन पराउने गरेको र यो नयाँ महिन्द्रा बोलेरोले पनि छिटो समयमा ग्राहकहरुको मन जित्न सफल हुने विश्वास गरेका छन् ।
समारोहमा कम्पनीका साहयक मेनेजर लक्ष्मण राय यादव, सिनीयर एक्ज्युकिटभ वसन्त बाबु सरार्फ, अग्नी ग्रुपका प्रतिनीधी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा महेन्द्र वोलेरो पिकअप उद्येश्य एवम् स्वागत मन्त्तवय कम्पनीको सिनीयर सेल्फ एक्ज्युकिटभका सुनील कुमार यादवले गरेका थिए ।