यस वर्ष पनि मैस्कट एकेडेमीले अघिल्ला वर्षहरूझैँ आज जेठ १८ गते भव्य रूपमा वार्षिक पुरस्कार वितरण समारोह २०८१ र इन्भेस्टिचर ९सपथ ग्रहण० समारोह २०८२ सम्पन्न गरेको छ।
विद्यालयको क्पतान, उपक्पतान, तथा वर्ष २०८१ को उत्कृष्ट विद्यार्थी (Student of the Year) को चयन विद्यालय स्तरीय चुनावबाट गरिएको थियो। यसपटक कक्षा १० का प्रज्वल सिंह विद्यालय क्पतान , बिपना चौधरी उपक्पतान र सभ्दा कुमार शर्मा वर्षको २०८१ को उत्कृष्ट विद्यार्थी चयन भए।

कार्यक्रमको अध्यक्षता विद्यालयका निर्देशक श्री छेडूप लामाले गर्नु भयो भने मुख्य अतिथि नर्सरी कक्षाका नविन खड्का थिए। कार्यक्रमको सुरुमा मार्च पास्ट, सांस्कृतिक नृत्यहरू, शपथ ग्रहण समारोह तथा ब्याज वितरण सम्पन्न भयो। यस क्रममा क्याप्टेन, उपक्याप्टेन, प्रिफेक्ट, कक्षा मोनिटर लगायत सबै विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रमा कक्षा टपर्स (प्रथम, द्वितीय, तृतीय) हरूलाई इन्टर हाउस प्रतियोगिता विजेताहरूलाई विद्यालय टपर आयुष पाण्डितलाई उच्च उपस्थिति दर हासिल गर्ने विद्यार्थी आन्वी गुप्तालाईअनुशासित विद्यार्थी जोया खातुन र आरव राज कर्णलाई सर्वाधिक सफा, सुघर, विद्यालय पोशाकमा चिटिक्क आउने (Hygienic) विद्यार्थी आयुषी श्रेष्ठलाई विशेष पुरस्कार प्रदान गरियो।

यसपटक समग्र हाउस विजेता “रेड हाउस” घोषित भई उनीहरूले रनिङ सिल्ड जित्न सफल भए। सम्पूर्ण कार्यक्रम विद्यालयकी प्रधानाध्यापक मिस सरिता खड्गी को संयोजनमा सञ्चालन भयो। कार्यक्रममा सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। कार्यक्रमको कार्यक्रमका अध्यक्ष छेडूप लामाले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।