वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको गत भदौ महिनादेखि हालसम्म ५ खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन्। आव २०८०र८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा बीरगंका्े नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्।
बीरगंज लगायत देशका बिभिन्न भागमा यहाँको नाकाबाट नै प्रट्रोलियम पदार्थको आयत हुने गरेकमो छ । अहिले पाइप लाइन मार्फत यसको आयत भएपनि त्यस बापत लाग्ने राजश्को मापन नै नैपलको आयत ब्यापारको प्रमुख हिस्सा मानिँदै आएको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ। जसको हिस्सा ४५ अर्ब ७९ करोड रहेको छ।
चालु आवको १० महिनामा २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा रु २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन्।
चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ। चालु आवको १० महिनामा ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ। जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो।
चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ। चालु आवको १० महिनामा रु ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ। जबकि गत आवको सोही अवधिमा रु नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो।
चालु आवको १० महिनामासात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। जबकि गत आवको १० महिनामा१० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो। बीरगंजलाई नेपालको प्रमुख द्धारको रुपमा परिभाषित गरिन्छ र यहाँको राजस्वको ठुलो हिस्सा बीरगं भंसारले नै थेग्ने गरेको छ । यस अवस्थामा अव निर्यात ब्यापारलाइ प्रोत्साहान नगर्दा आयतले मात्र मुलुक दिन प्रतिदिन हरिकंगाल बन्दै जान थालेको आवस्थाको आंकलन गरि आत्मनिर्भरमूखि अर्थतन्त्रको बिकास र प्रबर्दन गर्न लाग्नु पर्ने आवश्यकता देखा परेको छ । हालै बर्तमान सरकारले आउँदो आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमा पनि निर्यातयोग्य ब्यापार प्रबर्दनलाई प्रोत्साहन नगरेको हुदा झन ठूलो समस्या सृजना हुन थालेको कुरालाई इन्कान गर्न सकिन्न ।