निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल महानगर बीरगंजले शुक्रबार गौतम स्कुलको सभा हलमा आयोजित प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेकोमा मुनलाइट माध्यमिक बिधालयले २५ वटा स्कुलका विद्यार्थीहरुलाई उछिनेर प्रथम बाजि मार्न सफल भएको छ।

प्याब्सनले शिक्षा क्षेत्रको सशक्तीकरण विद्यार्थीहरुको बौद्धिक क्षमताको विकासमा निरन्तरतामा योगदान पुराउने उदेश्यले ज्ञान मुलुक तथा सिर्जनात्मक कार्यक्रम अनुसार यो प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल बीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्ष तथा प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साहको प्रमुख आतिथ्यमा सो प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि साहले बिजेता भएका बिधालयका विद्यार्थीहरुलाई धन्यवाद दिदै यस्तो कडा प्रतिसपदा बिच प्रथम हुने मुनलाईट स्कुलका विद्यार्थीहरुलाई धेरै भाग्यमानी रहेको बताएका छन् ।उनले भने प्याब्सन अब शिक्षा क्षेत्रमा मात्र आफ्नो भुमिका नरही हरेक अतिरिक्त क्रियाकलापहरु सामुदायिक बिधालयहरुलाई समेत संगै समेतेर आगामी प्रदेश स्तरीय र केन्द्रीय स्तरको खेलकुद हाजिरी जवाफ प्रतियोगिता लगायत अन्य अतिरिक्त क्रियाकलापहरु गर्ने तयारी भइरहेको साहले बताएका हुन ।त्यसका लागि अहिले देखि तयारी गर्न लागेको बताएका छन् ।
प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगितामा २६ वटा बिधालयका विद्यार्थीहरुले भाग लिएको थियो ।उक्त प्रतियोगितामा प्रथम मुनलाइट माध्यमिक बिधालय दोस्रो जीवन ज्योति माध्यमिक बिधालय तेस्रो गोल्डेन फ्युचर स्कुल चौथो मनकामना माध्यमिक बिधालय भएकोे प्याब्सन सचिव अमित आलोकले जानकारी दिनुभएको छ।

प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगितामा प्याब्सनका केन्द्रीय छेडुप लामा,प्याब्सन केन्द्रीय प्राज्ञिक सदस्य डाक्टर हरिशंकर साह,प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी ,सचिव अशोक संग्रोला,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव ,बृद्धिचाल पर्साका अध्यक्ष शुलभ केसी ,सुरजबावु पटेल गौतम स्कुलका प्रिन्सिपल गणेश क्षेत्री ,सहायक प्रिन्सिपल ललित ,एलाइट युथका अध्यक्ष ओम कुमार झा, पत्रकारहरु जगत राई,निरज पिठाकोटेमगर,अर्जुन चौधरी ,अभिलाषा गुप्ता लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमको स्वागत मनतब्य प्याब्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहाले गर्नुभएको गर्नुभएको सो कार्यक्रमको सहजिकरण सचिव अमित आलोकले गर्नुभएको थियो ।