बीरगंज महानगरपालिका वडा नम्बर ६ वडा कार्यालयको आर्थिक सहयोग तथा फेसियल हाउस ब्युटिपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा ३० दिने महिलाहरुका लागि ब्युटिसियन तालिम बुधबार एक समारोहबीच सम्पन्न भएको छ।
वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह अग्रवालको अध्यक्षतामा सम्पन्न सो तालिममा सहभागी भएका महिलाहरुलाई प्रमाणपत्र वितरण गदै वडा अध्यक्ष अग्रवालले तालिममा सिकेका सीपहरुलाई ब्यवहारमा ल्याउन र आफ्नो सीपको सदुपयोग गर्न वडा अध्यक्ष अग्रवालले आग्रह गर्नुभएको छ।
आफ्नो वडामा रहेका महिलाहरुलाई दक्ष बनाउन आगामी वर्षको बजेटमा थप रकम छुट्टयाएर विभिन्न सीपमूलक तालिमहरु उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउँदै अहिले सानो बजेट भएकोले यो वर्ष ठूलो तालिम गराउन नसकेकोमा क्षम माग्दै सडक दलानमा धेरै बजेट खर्च गर्नुपरेको वडा अध्यक्ष अग्रवालले बताएका हुन।
उनले भने मेरो कार्यकालमा वडाका सम्पूर्ण महिला दलित विपन्न तथा अन्य महिलाहरुको उत्थानका लागि धेरै बजेट छुट्टाउने काम गर्ने वडा अध्यक्ष अग्रवालको भनाइ रहेको छ। फेसियल हाउस ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरका कार्यक्रम संयोजक सुनिता परिवारले तालिममा सहभागी महिलाहरुलाई आफ्नो आयआर्जनको लागि दुईचार पैसा कमाउन सक्ने खालका तालिम अहिले आफुले उपलब्ध गराउने काम गरेको बताएका छन् ।
उनले भने आफ्नो ट्रेनिङ सेन्टरमा तालिममा सहभागी भएका महिलाहरु विभिन्न क्षेत्रमा आत्मानिर्भरता भएको जिकिर गरेकी हुन ।तालिममा ३० जना भन्दा धेरै महिलाहरु सहभागी भएर ३० दिन सम्म विभिन्न परिकारका मेकअपमा प्रयोग गर्ने तरिकाहरुको बारेमा जानकारी दिएको बताएकी छिन् ।
तालिमको समापन समारोहमा वडा सचिव गंगा कुमारी पौडेल ,जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,समाजसेवी पवन शर्मा ,सुशीला परिवार ,अंजली सरार्फ,अंकिता गुप्ता कल्पना श्रेष्ठ ,ममता दाहाल रानी साह तथा वडा सदस्यहरु र जनप्रतिनिधिहरुको उल्लेखनीय सहभागी रहेको थियो ।तालिम अवधिभर मधु चौधरीले प्रशिक्षण दिएकी थिइन् ।