वीरगञ्ज– वीरगंजस्थित सनसाइन इङलिस बोडिङ्ग स्कुलमा नर्सरीदेखि कक्षा ८ सम्म नयाँ भर्ना भएका विद्यार्थीहरुको आज (बुधबार) एक समारोहबीच भब्य स्वागत एवम् हाउस क्याप्टेनलाई टिसर्ट ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।
स्कुलका प्रिन्सिपल कुमारी निधिको अध्यक्षता तथा प्याब्सन बीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि नगर अध्यक्ष श्रीवास्तवले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सफल भएको यो सनसाइन बोडिङ्ग स्कुलले विद्यार्थीहरुको चौतर्फी विकास गरिरहेकोमा बधाई तथा शुभकामना दिनुभएको छ। उनले भने कम शुल्कमा गुणस्तरीय शिक्षा पाउनु भनेको अहिलेको समयमा अभिभावकहरु धेरै भाग्यमानी रहेको बताएका हुन ।
त्यसैगरी हिसान पर्साका उपाध्यक्ष आलोक चौरसियाले यस बिधालयका संचालक अमित आलोक शिक्षा क्षेत्रमा धेरै अनुभवी र प्याब्सनको पनि एउटा सचिव जस्तो गरिमामय पद बसेका ब्यक्तिले संचालन गरेको बिधालय धेरै राम्रो भएको बताएका छन् । उनले भने बिधालय स्तरमा हुने हरेक गतिविधिको बारेमा जानकार भएका ब्यक्ति भएकोले कुनै पनि विद्यार्थीहरु आफ्नो दक्षतामा कमी नहुने विश्वास ब्यक्त गर्नुभएको छ।
प्रमुख श्रीवास्तव विशिष्ट अतिथि चौरसियाले हाउस क्याप्टेनहरुलाई टिसर्ट तथा ब्याच वितरण गर्नुभएको थियो । बिधालयले बुधबारदेखि नै लागू हुने गरि इसीए कोडिनेटरमा सिम्रन थापा ,कोडिनेटरमा दिपक कुशवाहा, जुनियरमा अनु पटेललाई हस्तान्तरण गरिएको सनसाइन बोडिङ्ग स्कुलका डाइरेक्टर एवम् संचालक अमित आलोकले जानकारी दिनुभएको छ। संचालक अमित आलोकले बताए अनुसार आज देखि आ–आफ्नो जिम्मेवारी बहन गर्ने दायित्व दिएको बताएका छन् ।


कार्यक्रममा मानवसेवा आश्रमका देवेश मानव, अभिभावक बावुनन्द पटेल ,शिवशंकर ,मदन कार्की एवम् पत्रकार विद्यार्थीहरु र अभिभावकहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुति गरेका थिए। कार्यक्रमको सहजिकरण शिक्षिका सम्रन थापाले गरेकी थिइन् ।