काठमाडौं । नेपाल आयल निगमले पेट्रोल लिटरमा एकैपटक पाँच रूपैयाँले बढाएको छ।
नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी क्षेत्रलाई पहिलो वर्गमा राख्ने गरेको छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
दोस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम गरिएको छ। काठमाडौं, पोखरा र दियालमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ।
निगमले यी तीन स्थानलाई तेस्रो वर्गमा राखेको छ। हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट असार १६ गतदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनमा ६ रुपैयाँ ८८ पैसा बढेर आएको छ।
यो मूल्यदर सोमबार मध्यरातिबाट लागू भएको छ।-1751330563.jpg)