बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी टंकीमा अवस्थित लिटिल बडी प्रि-स्कुलले शनिबार मम एण्ड मी प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम बीरगंजको क्लासिक बैंक्वेटमा आयोजना गरिएको थियो।
कार्यक्रम विद्यालयका प्रिन्सिपल विजय बलको अध्यक्षता र घरेलु तथा साना उद्योग विभागकी रिमा साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि साहले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। साथै, अभिभावक र बालबालिकाबीचको सहकार्यले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रम समय–समयमा आयोजना गर्नु आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्याब्सन महानगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूलाई केवल पठनपाठनमा मात्र सीमित नराखी, यस्ता अतिरिक्त गतिविधिबाट मनोबल र आत्मविश्वास वृद्धि गर्न सकिने बताए। “साना नानीहरूको वर्तमान अवस्था बुझी उनीहरूमा आमा–छोरा वा आमा–छोरीबीचको समन्वयलाई बलियो बनाउने खालका यस्ता कार्यक्रम अझ प्रभावकारी हुन्छन्,” उनले भने।
कार्यक्रममा आमा–बच्चा डान्स प्रतियोगिता र फेसन शो जस्ता रमाइला प्रस्तुति समावेश गरिएको थियो।
कार्यक्रममा डान्स प्रतियोगितामा ८ जना सहभागी रहेकोमा प्रथम आमा करिशमा खड्का ,छोरी रिधिमा खड्का ,दोस्रो आमा संगीता चौधरी ,छोरी हेजल चौधरी ,तेस्रो आमा स्मिता कर्ण,छोरा आरब कर्ण भएका थिए।फेसन प्रतियोगितामा १०० जना आमा छोरीहरू सहभागी रहेको थियो ।
निर्णायक मण्डलमा रुपसी क्षेत्री र अपेक्षा झाले भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, बीरगंज युवा समाजका सल्लाहकार माटिन मुक्तान, विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल र रुचिका श्रीवास्तव, अभिभावक, विद्यार्थी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वेता साह र एलिसा मिजारले गरेका थिए।विद्यालयले पठनपाठनसँगै विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता सृजनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको जनाएको छ।
