बिरगंज । बिरगंज महानगरपालिका र वडा सदस्य हक हित संरक्षण समितिको संयुक्त आयोजनामा आज महानगरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १ महिला सहित २१ जनाले रगतदान गरेका छन्। रक्तदातामध्ये सीता देवी साह, एमडी बसिर मिया हजाम, लालबाबु प्रसाद यादव, प्रमोद कुमार परियार, दिपेन्द्र पटेल, अतुल कुमार श्रेष्ठ, बिरेन्द्र साह, रामकिशन बान्ता, सुवास यादव, निरज चौधरी, शेख अली, परवेज हुसेन लगायतले आफ्नो अमूल्य रगत दान गरेर मानवता बलियो बनाएका छन्।
कार्यक्रमको उद्घाटन नगर प्रमुख राजेशमान सिंहले रक्तदाताहरुलाई रक्त ब्याग हस्तान्तरण गर्दै गरे। उनले भने, “रगतको अभाव नहोस् भनेर देखाइएको यो साहस सराहनीय छ। यस संसारमा रक्तदान भन्दा ठूलो पुन्यदान अरु केही छैन।”
कार्यक्रममा उपप्रमुख ईम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीज्ञा बैद्य, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा सदस्य हक हित संरक्षण समितिका सदस्यहरु दिपेन्द्र राउत कुर्मी , संगीता दास , कम्रुदिन अन्सारी , संगीता थापा , गिता मानन्धर , अनिता क्षेत्री , सामाजिक अभियन्ता राजेन्द्र भट्टराई , बिरगंज कपडा बैंकका अध्यक्ष एवं सन्चारकर्मी लालबाबू सिंह , अजित भुजेल , जाकिर हुसेन , कर्मचारी तथा नगर प्रहरीहरुको सक्रिय उपस्थिति रहेको थियो।
यस रक्तदान कार्यक्रमले बिरगंज क्षेत्रमा रगतको अभाव पुरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। बिरगंज महानगर वडा सदस्य हकहित संरक्षण समितिका अध्यक्ष शर्मा सर्भङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।