काठमाडौं — चर्चित ‘हिमालयन रिबाट काण्ड’ मा पूर्व सचिव दीपक भट्टलाई ५२ करोड रुपैयाँ सुविधा दिलाएको आरोप लागेकी उपासना उपाध्याय पौडेल अब उद्योगपति साहिल अग्रवालको नेतृत्वमा रहेको ‘जगदम्बा स्टिल्स प्रा.लि.’ मा सञ्चालक नियुक्त भएकी छन्।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता विवरणअनुसार, पौडेल २०८० सालको बैशाख २७ गतेदेखि सञ्चालकको रूपमा नियुक्त भएकी हुन्। उनीसहित कम्पनीमा साहिल अग्रवाल, श्रेय अग्रवाल (कार्तिके फाइनान्सका प्रतिनिधिका रूपमा), र भारतीय नागरिक परमात्म अग्रवाल सञ्चालक रहेका छन्।
जगदम्बा स्टिल्समा नियुक्ति
जगदम्बा स्टिल्स, नेपालको इस्पात उद्योगमा एक प्रभावशाली नाम हो, जसको व्यवसायिक पहुँच देशभर फैलिएको छ। कम्पनीको मूल सञ्चालक साहिल अग्रवाल रहेका छन्, जसले २०७९ चैत १ गतेदेखि ४ वर्षको कार्यकालका लागि जिम्मेवारी सम्हालेका छन्।
श्रीमती अभिनति पौडेल (जसले उपासना उपाध्याय पौडेल नाम प्रयोग गरेकी छन्) को ठेगाना गोकर्णेश्वर नगरपालिका वडा नं. ८ रहेको देखिन्छ। उल्लेखनीय कुरा के छ भने उनी हाल सेतोपाटी अनलाइनमा सार्वजनिक भएका रिपोर्टअनुसार, ‘हिमालयन रिबाट’ प्रकरणमा विवादास्पद भूमिकामा रहेको आरोप खेपिरहेकी छन्।
हिमालयन रिबाट प्रकरण
हिमालयन रिबाट घोटालामा उपासना पौडेलको नाम तीव्र रूपमा जोडिएको थियो। उक्त प्रकरणमा उनले पूर्व सचिव दीपक भट्टलाई ५२ करोड रुपैयाँ बराबरको 'रिबेटु वा रकम फिर्ता गराएको आरोप लागेको थियो। यो विषयमा छानबिन प्रक्रिया अझै टुंगिएको छैन भने पौडेलले भने औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन्।
उद्योग र राजनीतिमा जालो ?
पछिल्लो समय व्यवसाय र राजनीतिमा प्रभावशाली ठानिने व्यक्तिहरूबीचको जालो र सम्बन्धका चर्चा तीव्र बनेका छन्। उपासना पौडेलको नियुक्तिलाई पनि त्यही सन्दर्भमा हेरिएको छ। एकातिर उनीमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोगका गम्भीर आरोप छन् भने अर्कोतिर उनी अब नेपालको एक ठूला निजी उद्योगको सञ्चालक पदमा पुगिसकेकी छन्।
यस नियुक्तिले विभिन्न प्रश्नहरू उठाएको छ — के व्यवसायिक कम्पनीहरू विवादित व्यक्तिहरूलाई सञ्चालकमा नियुक्त गर्नु नैतिक हुन्छरु के कुनै घोटालामा नाम जोडिएका व्यक्तिहरूले अझ उच्च तहमा पहुँच बनाउँदै जाने चलन अब सामान्य बन्दै गइरहेको होरु