बीरगंज महानगरपालिका वडा नम्बर ११ निवासी ५० वर्षीय मोहम्मद जवार मन्सुरी विगत केही वर्षदेखि ब्लड क्यान्सर (रगतको क्यान्सर) रोगसँग संघर्ष गरिरहेका छन्। आर्थिक अभावका कारण उपचारमा निरन्तरता दिन कठिनाइ भएको बताउँदै उनले देश–विदेशका समाजसेवी, उद्योगपति, व्यापारी, विद्यार्थी र आम नागरिकहरूलाई सहयोगका लागि हार्दिक अपिल गरेका छन्।
मन्सुरीले २०७४ साल चैत ४ गतेदेखि आफ्नो क्यान्सर उपचार सुरू गरेका थिए। सुरुमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा करिब १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले बताए। सुरुका वर्षहरूमा घरजग्गा बिक्री गरेर उपचारको खर्च जुटाए पनि अहिले उपचार र दैनिकी दुबै चलाउन मुस्किल परेको उनको भनाइ छ।
“शुरुमा सम्पत्ति बेचेर उपचार गराएँ, तर अहिले हातमा केही छैन। दैनिकी चलाउन पनि गाह्रो भएको छ। बाध्य भएर मिडियाको माध्यमबाट सहयोगको अपिल गर्नुपरेको हो,” मन्सुरीले भावुक हुँदै बताए।
मन्सुरीका परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन्। श्रीमती गृहिणी र सन्तानहरू बेरोजगार भएकाले पारिवारिक जिम्मेवारी र उपचार खर्च दुबै जोहो गर्न गाह्रो भइरहेको उनले बताएका छन्।
“सहयोगी हातहरूबाट सानो–सानो सहयोग पाउन सके जीवन रक्षाको आशा गर्न सक्छु। मलाई बचाउनका लागि सघाउन सक्ने सबैलाई अग्रिम धन्यवाद दिन चाहन्छु,” मन्सुरीले भने।
सहयोग गर्न इच्छुक व्यक्तिहरूका लागि विवरण यस प्रकार छः
🏦 नेपाल बैंक लिमिटेड
खाता नम्बरस् ०४९०१००७४२८६१५०००००१
📞 सम्पर्क नम्बरस् ९८०७४५८८७७ (मोहम्मद जवार मन्सुरी)
समाजमा असहाय र विपन्न बिरामीहरूको सहयोगका लागि हात अगाडि बढाउने परम्परा कायम रहोस् भन्ने आशासहित मन्सुरीले सबैलाई मानवीयता र सहानुभूतिका साथ सहयोग गर्न अपिल गरेका छन्।
उनले भने, “बीरगंज मनकारीहरूको शहर हो, त्यसैले म सबै माझ दशहात जोडेर आर्थिक सहयोगको अपेक्षा गर्दैछु।”
-1762753776.jpg)

