औषधि ऐन–२०५५ को धारा ११ का उपधारा ३ को संशोधन तथा उपधारा ५ खारेजीविरुद्ध पर्साका औषधि व्यवसायीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन्। नेपाल औषधि व्यवसायी संघ, पर्सा जिल्ला शाखाले बिहिबार औषधि व्यवस्था बिभागमा ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन । । शाखाले संर्घष समितिनै बनाएर आन्दोलनको घोषणा गरेका छन । शाखाले असार १० देखि १६ गतेसम्म विभिन्न विरोध कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन औपचारिक रूपमा प्रारम्भ गरेको शाखाका महासचिव प्रमोद सर्राफले जानकारी दिए ।
संघका अनुसार प्रस्तावित संशोधनले खुद्रा तथा थोक औषधि व्यवसायीहरूको अस्तित्व नै संकटमा पार्ने खतरा भएको भन्दै राष्ट्रिय स्तरमा चलाइएको आन्दोलनलाई पर्साका व्यवसायीहरूले पूर्ण समर्थन दिएको पर्सा शाखा अध्यक्ष ताजुदिन अंसारीले बताए । मधेस प्रदेश अध्यक्षको सक्रियतामा सम्पन्न बैठकले संशोधन फिर्ता नलिईसम्म आन्दोलन जारी रहने स्पष्ट गरेको छ।संर्घष समितीका अनुसार मंसिर १० गते बिहान ९ बजे औषधि व्यवसायी विभागको अधिकार क्षेत्रबारे जागरण गर्ने,मंसिर ११ बिहान ९ बजे व्यवसायी सचेतना कार्यक्रम गर्ने,
मंसिर १२ गते व्यवसाय सञ्चालनका समस्या र व्यवस्थापनबारे सार्वजनिक जानकारी दिने,मंसिर१३ गते औषधि व्यवसायमा देखिएका बाधाबाधकताहरूको खुलासा गर्ने,मंसिर १४ गते एक घण्टा प्रतीकात्मक बन्द ९बजार खुल्ला, तर औषधि सेवा ९–१० बजे रोकिने, मंसिर १५ गते औषधि व्यवस्था बिभागको प्रागंनमा बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म मौन धर्ना दिने , साथै बिहान ११ बजे देखि १ बजे सम्म सेवा बन्द गरि सांकेतिक धर्ना दिने,मंसिर १६ गते बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म मौन धर्ना दिनेसाथै बिहान ११ बजे देखि २ बजे सम्म सेवा बन्द गरि सांकेतिक धर्ना दिन कार्यक्रम रहेको महासचिव सर्राफले जानकारी दिए ।
संघले “औषधिको सदुपयोग गरौँ, प्रतिकूल असरबाट जोगिऔँ” भन्ने नारासहित संयमित र जिम्मेवारीपूर्वक आन्दोलन सञ्चालन गर्ने जनाएको छ।संघले व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि अनिवार्य मानिने ‘न्यूनतम शर्तहरू’समेत सार्वजनिक गरेका छन्।
व्यवसायीहरूले राखेका न्यूनतम शर्तहरू
धारा ११ को उपधारा ३ र ५ देशव्यापी आवश्यकता अनुसार पुनःसंशोधन गर्नुपर्ने।
नविकरण अवधि ३० दिन होइन, न्यूनतम ९० दिन कायम गर्नुपर्ने।
औषधि रिटर्नरबदली सुविधा ५५ होइन, १०५ दिनसम्म सुनिश्चित गर्नुपर्ने।
औषधि विक्रेता प्रशिक्षण १० दिन होइन, ३० दिनको आधारभूत तालिमका रूपमा लागू गर्नुपर्ने।
खुद्रा तथा थोक दुवै व्यापारमा १० दिनको ‘नटिपि’ नदिने व्यवस्था हटाई ९०५ सम्म नटिपि व्यवस्था गर्नुपर्ने।
धारा ११ उपधारा ५ पूर्ण रूपमा खारेज गर्नुपर्ने।
औषधि वितरणको जिम्मेवारी चिकित्सकमार्फत सुनिश्चित गर्नुपर्ने।
विक्रेता प्रशिक्षण अनलाइन तथा भौतिक दुवै माध्यमबाट उपलब्ध गराउनुपर्ने।
तालिम पूरा गर्न नसकेका व्यवसायीलाई पसल बन्द नगरी समय थपेर नियमित गरिने व्यवस्था हुनुपर्ने।
आयुर्वेदिक औषधि पसल सञ्चालनका लागि आवश्यक कागजात उपलब्ध गराउनुपर्ने।
औषधि व्यवसाय विभागले अघि सारेका नयाँ नियमहरू व्यवसायीमाथि ‘एकतर्फी रूपमा’ थोपर्न खोजिएको भन्दै माँग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन । ।
