वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्सा र प्याप्सन वीरगञ्ज महानगरको संयुक्त आयोजनामा सिनियर तथा जुनियर हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता आयोजनासम्बन्धी निर्णय गर्न आज एस.आर. ग्यालेक्सी स्कुलमा प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त आयोजनामा सो बैठक सम्पन्न भएको हो।
बैठकले आगामी भदौ २१ र २२ गते कक्षा ७ देखि १० सम्मका ३१ वटा स्कुलका विद्यार्थीहरूको सहभागी हुने प्याप्सन सिनियर हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। उक्त प्रतियोगितामा पर्साका ३२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने सचिव अमित आलोकले जनाइएका छन् ।
त्यसैगरी भदौ २६ र २७ गते कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरू सहभागी हुने प्याप्सन जुनियर हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने भएको छ। जुनियरतर्फ २८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता प्याप्सन जिल्ला कार्यसमिति पर्साका सचिव अशोक संग्रौलाले बताएका छन्१ प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यार्थीहरूको ज्ञान, तार्किक क्षमता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजना गर्न लागिएको बताएका हुन्। विद्यालयस्तरबाटै विद्यार्थीहरुमा सामान्य ज्ञान तथा समसामयिक विषयप्रति रुचि बढाउने र प्रतिभाको पहिचान गर्ने अवसरका रूपमा उक्त प्रतियोगिता गर्न लागिएको अध्यक्ष चौधरीले बताएका छन।
प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो सिनियर तथा जुनियर दुवै तहका विद्यार्थीहरुलाई लक्षित गरी हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। प्याप्सन हाजिर जवाफ प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूलाई आवश्यक तयारीसहित सहभागी हुन अध्यक्ष श्रीवास्तवले सबैलाई आग्रह र अपिल गरेका छन्।
प्रतियोगिताले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै उनीहरूको शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धिमा ठुलो सहयोग पुग्ने विश्वास प्याप्सनले लिएको बताए। कार्यक्रममा प्याप्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा प्याप्सन महानगर कोषाध्यक्ष सुरज बाबु पटेल कार्यसमिति सदस्य विजयबल क्रियाशील पत्रकार मञ्च पर्साकाअध्यक्ष आनन्द पटेल जगत समाचारका संचालक जगत राई तथा विभिन्न निजी विद्यालयका सञ्चालक प्रिन्सिपल शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो कार्यक्रमको सञ्चालन प्याप्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो।