२४ भदौ, वीरगञ्ज । मधेश तराई लगायत राजधानी अन्य बिकसित शह।रमा नम्बरी जग्गामा अनावश्यक किचलो सृजना गरि बिल्लीबाठ बनाउन उद्यत रहेका भूमाफिया संजय ठाकर हिजो राजधानीको शान्तिनगरबाट पक्राउ गरेका छन । उनी निकै लामो समय अघिदेखि नै सोही स्थानमा बस्दै आएका छन । सर्लाही जिल्ला निबासी ठाकुरको पक्राउ सँगै उनकै सारथी बनेका सहयोगी समेत अव पक्राउ पर्ने अनुमान लगाउन थालिएको छ ।
ठाकुरविरुद्ध विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा गत असोज महिनाको ४ गते मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा फरार रहेका ठाकुरलाई पर्सा प्रहरीले हिजो दिउँसो काठमाडौंमा पक्राउ गरेको हो।
ठाकुरविरुद्ध वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा रहेको स्काईलाइन मलसहित झण्डै दुइ दर्जन घरधुरीको जग्गामा विवाद सिर्जना गरी जग्गाधनीसँग करोडौँ रुपैयाँ बार्गेनिङ गरेको आरोप छ। उनी पक्राउ सँगै किचोलो सृजना गर्ने र बार्गेनिङ्ग बापत रकम लिन बाध्य बनाइएका र रकम सहित सार्वजानीक हुने भएकोले सहयोगीहरुको बृत्तमा निकै ठूलो खैला बैला मच्चिएको छ ।
नापी कार्यालयको पूर्वकर्मचारीसमेत रहेका ठाकुरले जागिर छाडेपछि विवादित घरजग्गाका कागजात बोकेर मालपोत, नापी, नगरपालिका तथा सम्बन्धित जग्गाधनीको घरदैलोमा पुग्ने गरेको आरोप लाग्दै आएको छ। उनले आफुसँग राजनीतिक र कानूनी निकायका निकै माथिल्लो ओहोदाको ब्यक्तिसँग सम्पर्क रहेको भन्दै जग्गा किचलो र बार्गेनिङ्ग गर्दै यस भेगमा त्रास निम्त्याएका थिए
स्काईलाइन मल, पुरानो रेल्वे लाइन क्षेत्रमा पर्ने छपकैयाको करिब ३२ कट्ठा जग्गा, सलाई फ्याक्ट्रीको जग्गा, जैन धर्मशालानजिक उद्योगी अशोककुमार वैदको जग्गालगायतका सम्पत्तिमा किचलो सिर्जना गरी रकम असुल्न खोजेको आरोप उनीमाथि लागेको छ।
वीरगञ्जमा सार्वजनिक तथा निजी जग्गामा विवाद सिर्जना गर्ने, पुराना कागजात र वारेसनामाको आधारमा दाबी प्रस्तुत गर्ने तथा विवाद समाधानका नाममा रकम बार्गेनिङ गर्ने प्रवृत्तिबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ।
ठाकुरविरुद्ध मात्रै नभई उनीसँग जोडिएका अन्य व्यक्तिका विरुद्धसमेत जाहेरी परेको प्रहरीले जनाएको छ। त्यसैले उनको पक्राउलाई एउटा व्यक्तिमाथिको कारबाहीका रूपमा मात्र नभई वीरगञ्जमा विवादित जग्गालाई केन्द्र बनाएर सक्रिय रहेको भनिएको सञ्जालसम्म पुग्ने अवसरका रूपमा हेरिएको छ। अव भूमाफिया ठाकुरले मच्चाएको ताण्डब नृत्यको पटाक्षेप हुन्छ कि हुन्न भन्ने कुरा पक्राउ सँगे आम नागरिकले निकै प्रतिक्षा गरिरहेका छन ।