वीरगञ्ज– विद्यार्थीहरूको लेखन क्षमता, सिर्जनशीलता तथा सुन्दर हस्तलेखनको विकास गर्ने उद्देश्यले कादम्बरी बोर्डिङ स्कुलको आयोजनामा अन्तरविद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीहरूमा नेपाली तथा अंग्रेजी भाषा विषयको लेखन सीपलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न १० वटा विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै विषयमा आफ्नो हस्तलेखन कला प्रस्तुत गरेका थिए। विद्यालयस्तरदेखि नै विद्यार्थीहरूमा शुद्ध, स्पष्ट र आकर्षक लेखन शैलीको विकास गराउनुका साथै उनीहरूको लेखन क्षमतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको कादम्बरी बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्यले जानकारी दिनु भएको छ१ प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै विषयमा आफ्नो हस्तलेखन कला प्रस्तुत गरेका थिए। विद्यालयस्तरदेखि नै विद्यार्थीहरूमा शुद्ध, स्पष्ट र आकर्षक लेखन शैलीको विकास गराउनुका साथै उनीहरूको लेखन क्षमतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको कादम्बरी बोर्डिङ स्कुलका प्रिन्सिपल आचार्यले बताएका हुन ।
प्रिन्सिपल आचार्यका अनुसार विद्यार्थीहरूमा नेपाली र अंग्रेजी दुवै भाषाप्रति रुचि बढाउँदै उनीहरूको लेखन प्रस्तुतिलाई उत्कृष्ट बनाउने तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले विद्यालयले अन्तरविद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गरेको हो।
यस्ता शैक्षिक तथा सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै उनीहरूको प्रतिभा पहिचान गर्न र क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले विद्यार्थीहरूमा लेखन सीपप्रति थप रुचि र लगाव बढाउन सहयोग पुग्ने अपेक्षा आफूहरूले गरेको प्रिन्सिपल आचार्यले बताएका छन्। वटा इन्टर स्कुल राइटिङ प्रतियोगितामा कादम्बरी स्कुलले नेपाली र अङ्ग्रेजीमा गरी तीनजना विद्यार्थीले प्रथम हासिल गरेका थिए भने एकजना डिपीएस स्कुलका छात्राले प्रथम हासिल गरेका थिए। भने चारवटा नेपाली र अङ्ग्रेजी गरी मनकामना माविले दोस्रो स्थान हासिल गरेको थियो। भने तेस्रो विभिन्न विद्यालयका विद्यार्थीहरूले हासिल गरेको निर्णायक मण्डल सस्मिराज भण्डारीले जानकारी दिनुभएको छ।
कादम्बरी बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्यको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत सृजना बुढाथोकीको प्रमुख आतिथ्यमा सो प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा विजय भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै निजी विद्यालयहरूले विद्यार्थीहरूको अक्षरलाई उत्कृष्ट बनाउने उद्देश्यले यस्ता हेडराइटिङ प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूमा आफ्नो लेखन कलालाई उत्कृष्ट बनाउनमा थप मद्दत पुग्ने विश्वास गर्नुभएको थियो। उहाँले सामुदायिक विद्यालय स्तरमा यस्ता प्रतियोगिताहरूको आवश्यकता खड्किएको बताएका थिए। कार्यक्रममा जीवन ज्योति माविका प्रिन्सिपल शिवजी गुप्ता कादम्बरी स्कुलका सञ्चालक सुशील भट्टराई प्रोग्राम कोर्डिनेटर सन्दीप राज ओझा तथा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षिका आरती मिश्रा र सन्तवाना वाग्ले गरेका थिइन्।