काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहँदा खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धित विभिन्न समूहको बसाइले अहिले राजधानीका चार र पाँचतारे होटलको अकुपेन्सी बढेको छ ।
करिब एक महिनासम्म चल्ने खेलका लागि खेलाडी र उनीहरूका समूहको बसाइ यतिखेर तारे होटलहरूमा भइरहेको छ ।
यो बसाइ र पर्यटकीय सिजन एकैपटक परेकाले होटलहरूको अकुपेन्सी उल्लेखनीय रूपमा बढाएको हो ।
एनपीएलसँगै पर्यटकीय सिजन पनि भएकाले मुलुकको पर्यटन क्षेत्र र तारे होटलहरूमा उत्साहजनक अकुपेन्सी देखिएको छ ।
यसले खेल पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने सम्बन्धित होटल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् ।
हाल एनपीएलका खेलाडी र उनीहरूको टिम विभिन्न ८ वटा होटलमा बसेका छन् ।
सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षकसहित खेलसँग सम्बन्धित रोयल टुलिप, विराटनगर किंग्स हायत सेन्ट्रिक, जनकपुर बोल्ट्स होटल र्याडिसन, चितवन राइनोज दुसित प्रिन्सेस, लुम्बिनी लायन्स भिभान्ता काठमाडौं, काठमान्डु गोर्खाज होटल क्राउन इम्पेरियल, कर्णाली याक्स बेस्ट वेस्टर्न काठमाडौं र पोखरा एभेन्जर्स बेस्ट वेस्टर्न प्लस रिसोर्ट गोदावरीमा बसेका छन् ।
एनपीएलका खेलाडी बसेका होटलको अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको सम्बन्धित होटलहरूले जनाएका छन् । एउटा होटलमा कम्तिमा २० जना खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति बसेका छन् ।
होटल संघ नेपाल ९हान०का अध्यक्ष विनायक शाहले एनपीएल सुरू भएपछि पर्यटन व्यवसायी र होटलहरूमा उत्साह थपिएको बताए । ‘अहिले पर्यटकको सिजन पनि हो । अक्टोबर, नोभेम्बरमा एनपीएलले पर्यटन व्यवसायसँगै होटल क्षेत्रलाई थप उत्साह दिएको छ,’ उनले भने ।
अध्यक्ष शाहका अनुसार एनपीएल खेल्ने ८ वटा फ्रेन्चाइज टिमका खेलाडी तथा पदाधिकारीहरू स्वदेशी र विदेशी व्यवस्थापकसहित होटलमै बस्ने हुनाले करिब महिनादिनसम्म होटलहरूमा चहलपहल देखिने भएको छ । ‘कर्णाली, सुदूरपश्चिम, विराटनगर, पोखरा, चितवन, लुम्बिनी, जनकपुर र काठमान्डु गोर्खाजका टिमहरू फरक(फरक होटलमा बस्नुले एकातिर उनीहरूले राम्रो सेवा(सुविधा पाएका छन् भने अर्कोतर्फ खेल पर्यटनको प्रचार पनि उत्तिकै भइरहेको छ ।’
एनपीएलले खेलमात्र नभएर विभिन्न क्षेत्रको प्रचार गरिरहेको उनको भनाइ छ ।
‘अब ती टिमका समर्थकहरू म्याच हुँदाखेरि आउँछन् नै, उनीहरूलाई पनि अकोमोडेसन ९बसोबास० त चाहियो । त्यसका लागि उनीहरूलाई खान(बस्न पर्यो, हिँड्डुल गर्नुपर्योस त्यसले विभिन्न क्षेत्रलाई प्रमोट गरिरहेको पनि हुन्छ,’ उनले भने ।
हानका अध्यक्ष शाहले अन्तर्राष्ट्रिय टेलिभिजन स्टार स्पोर्ट्स जस्ता च्यानलहरूबाट भइरहेको खेलको प्रत्यक्ष प्रसारणले नेपालको खेल पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगिरहेको बताए । ‘इन्टरनेसनल न्युज टेलिभिजनले टेलिकास्ट गरिराछ नि, जस्तो स्टार स्पोर्ट्सले गरिराछ, जसले गर्दा नेपालको प्रमोसन त बेपत्ता भाछ नि,’ उनले भने ।
नेपालीहरूले क्रिकेट पनि राम्रो खेलिरहेकाले संसारभर सकारात्मक सन्देश गइरहेको भन्दै शाहले अब नेपालमा ‘स्पोर्ट्स टुरिजम’ लाई विशेष सम्भावनाका रूपमा अगाडि बढाउनुपर्ने बेला आएको बताए ।
म्यारियट होटलका अध्यक्ष शशिकान्त अग्रवालले पनि एनपीएल र पर्यटन सिजनले होटल क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए ।
‘स्पोर्ट्स टुरिजमको सम्भावना नेपालमा यति ठूलो छ कि त्यसलाई संसारसामु पुर्याउन मात्रै बाँकी छ । स्पोर्ट्स टुरिजमले होटलको व्यापार चार गुणासम्म बढाउन सक्छ,’ उनले भने, ‘यसले रेस्टुरेन्टहरू, बारहरू र ट्याक्सी ड्राइभरदेखि लिएर हरेक क्षेत्रलाई चलायमान बनाउँछ, जसले गर्दा अर्थतन्त्र ९इकोनोमी० लाई नै माथि उठाउँछ ।’
अध्यक्ष अग्रवालले नेपालमा स्पोर्ट्स टुरिजमको ठूलो सम्भावना रहेकाले क्रिकेटको माध्यमबाट यसलाई अझ विस्तार गर्नुपर्ने बताए। सबैभन्दा ठूलो क्रिकेट बजार भारत भएको र अहिले यो खेलकुदको ठूलो महोत्सव जस्तै बन्न पुगेको उनी बताउँछन् । उनले नेपालमा राति पनि खेल खेल्न सकिने भइसकेकाले अब खेल पर्यटनलाई राज्य र यसका विभिन्न निकायले प्याकेज बनाएरै प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ ।