वीरगञ्ज। विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, प्रतिभा तथा हस्तलेखन सीप अभिवृद्धि गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) द्वारा आयोजित ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला तथा अंग्रेजी हस्तलेखन प्रतियोगितामा तीन जना विद्यार्थीले उत्कृष्ट स्थान हासिल गरेका छन्।
प्याब्सन वीरगञ्ज, पर्साको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताअन्तर्गत अंग्रेजी हस्तलेखन ९भ्लनष्किज ज्बलमधचष्तष्लन० विधाको समूह ‘बी’ मा सनजना साह सोनारले पाँचौँ स्थान हासिल गरेकी छन्। त्यसैगरी, समूह ‘डी’ मा रञ्जना दासले तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन्।
यस्तै, चित्रकला (Art Competition) अन्तर्गत समूह ‘ई’ मा सहभागी सोनी चौरसियाले पाँचौँ स्थान हासिल गर्दै विद्यालयको गौरव बढाएकी छन्।
प्रतियोगितामा विद्यार्थीहरूले प्राप्त गरेको सफलताले उनीहरूको सिर्जनात्मक क्षमता, प्रतिभा, मेहनत तथा लगनशीलतालाई उजागर गरेको विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनले बताएका छन्। यस उपलब्धिले विद्यालय परिवारमा खुसीको वातावरण सिर्जना गरेको उनले बताए।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने तीनै जना विद्यार्थीलाई विद्यालय परिवारले सोमबार बधाई तथा सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना दिएको प्रिन्सिपल पाख्रिनले जानकारी दिए।
गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता गराउँदै आएको बताउँदै प्रिन्सिपल पाख्रिनले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्न तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।