काठमाडौँ – नेपाल एसबिआई बैंक लि. र इसेवा लि. बिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ ।
साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पु¥याउने छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे को उपस्थितिमा बैंकका तर्फबा६ नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कुमार पडां र इसेवा लि. का तर्फबा६ प्रमूख कार्यकारी अधिकृत, श्री जगदिस खड्काले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत श्री यादवद्र कांत, प्रमूख प्रविधि अधिकृत, श्री सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र इसेवा लि. का प्रमूख रणनीति अधिकारी श्री रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरट अफिस, ज्ञद्दज्ञ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।