वीरगञ्ज– नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्यहरु एवम् प्रदेश परिषद सदस्यहरु र केन्द्रीय परिषद सदस्यहरुलाई आज प्रमाणपत्र वितरण कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ पर्साका पुर्व उपाध्यक्ष युवराज खडकाको आतिथ्यमा एवं अतिथिमा केन्द्रिय पर्यवेक्षक एवम् नेपाल पत्रकार महासङका सचीव दिपेन्द्र चौहानको उपस्थितिमा रहेको थियो ।
प्रेसकाउन्सिलका सदस्य लाल बाबू शेष, प्रमुख निर्वाचन अधिकृत शत्रुधन नेपाल, अशोक तिवारी, अधिवक्ता हरेराम सराफ लगाएतकाहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमाणपत्र बितरण कार्यक्रम सहजीकरण दिपेन्द्र चौहानले गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य दिपेन्द्र चौहान, अशोक तिवारी, हरेराम सराफ, लाल बाबू शेषले गरेका थिए।
नयाँ कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई माला लगाई प्रमाणपत्र दिईएको थियोे। अध्यक्षमा ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल, सचिवमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया, कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र , महिला सदस्यमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजित कुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह, समावेशी सदस्यमा प्रकाशकुमार तिवारी, खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा, केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु लागाएतकाहरु लाई फुलको माला लगाई प्रमाणपत्र दिईएको थियोे। सो कार्यक्रममा नागरिक समाजका श्रवणबहादुर रायमाझी, मनोज मिश्रा एवम् विभिन्न मिडियाका सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।