वीरगञ्ज– शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले स्व. मुकुन्द प्रसाद खनालको १७ औं स्मृति दिवसको अवसरमा आज शुक्रबारको दिन बिरगंज स्थित मानवसेवा आश्रममा आश्रित ५० जना आमाबुवा, बालबालिकाहरुलाई बिहानको खाना सप्रेम खुवाएरको छ। सो अवसरमा अध्यक्ष मुना खनालले दिप प्रज्जवलित एवं शैक्षिक सहिद मुकुन्द खनालको तस्वीरमा फुलमाला अर्पण गरि समुद्घाटन गर्नु भएको थियो।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनाल को अध्यक्षतामा एवम् यस संस्थाका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु, मुना मगर, ज्ञानदा एकेडेमिका प्रधानाध्यापक राजेन्द्र कोइराला , प्रतिष्ठानका सचिव लाल बाबु सिंह, सल्लाहकारद्वय प्राध्यानाध्यापकद्वय प्रभु रौनियार, जय कुमार दनुवार, सदस्यहरू शान्ति माली,नवराज भट्टराई, श्रवण रायमाझी, अभिलास गुप्ता, पवन श्रेष्ठ ,सुभास भट्टराई, छवि सिंहको उपस्थिती रहेको थियो।
समारोहमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाललाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।
प्रकाश उपाध्यायका अनुसार, शैक्षिक सहिद मुकुन्द प्रसाद खनालले शिक्षा र समाजसेवामा योगदान दिनुका साथै समाजिक सेवाको गुणस्तरीय सेवा र सहयोग प्रदान गर्ने प्रतिबद्धता स्थापनाको लागि प्रतिष्ठान निरन्तर सक्रिय रहेको उल्लेख गरे।
अध्यक्ष मुना खनालले मानवसेवा आश्रममा असहायहरूको सेवा र सहयोगले आफुलाई प्रेरणा दिएको बताउँदै भविष्यमा अझ प्रभावकारी सामाजिक कार्य गर्दै स्व. मुकुन्द खनालको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य र सहजीकरण प्रतिष्ठानका सचिव लाल बाबु सिंहले गरेका थिए।