वीरगञ्ज– नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ५३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका सभापति बिरेन्द्र राज कंडेलको अध्यक्षतामा र प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य श्री नारायण प्रसाद तिमिल्सिनाको आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी तिमिल्सिनाद्वारा पानसमा दिप प्रज्जवलित एवं जा.हेनरी डयुनाको फोटोमा टिका तथा फुलको माला लागाई कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो।
विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महमद मिया, बिरगंज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहिर प्रसाद गुप्ता, दिनानाथ रौनियार, गुडि साह, नेरेसो पर्सा शाखाका मन्त्री विनोद गिरी, नरेन्द्र साह, युबराज खडका लगाएतका विशेष ब्यक्तिहरुको उपस्थिति रहेको थियो। आर्थिक प्रतिबेदन यस नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रस्तुत गर्नु भएको थियो। त्यसैगरि अतिथिमा समाजसेवी प्रकाश उपाध्याय, मुना खनाल, सामुदायिक प्रहरी केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, कुम्हालटोल सामुदायिक प्रहरीका सचीव श्रवनबहादुर रायमाझीका उपस्थित रहेको थियो ।
उक्त जिल्ला अधिवेशनमा पर्सा जिल्लाका विभिन्न २२ ओटा उप–शाखाहरुले गरेको उत्कृष्ट कार्य गरेकाहरुलाई कार्यक्रममा पुरस्कार प्रमाणपत्र सहित सम्मान पनि गरिएको थियोे। सम्मान गर्ने कर्ममा भुपेन्द्रलाल स्मृति पुरस्कार बाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका वरिष्ठ सल्लाहकार नरेन्द्र साहलाई
पाएको थियोे भने युवा सवेम सेवक पुरस्कार नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सचिव लालबाबू सिंह लाई पाएको थियोे। बर्षमा ४ पटक रक्तदान गरेकाहरु लाई पनि सम्मान गरिएको थियोे।
सो अधिवेशनमा समाजसेवी राजेन्द्र भट्टराई, सभासद यशस्कर सदस्य, विशिष्ट सदस्य, आजिवन सदस्य तथा सम्पुर्ण रेडक्रस प्रेमीहरु एवम् विभिन्न मिडियाबाट पाल्नु भएको सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे।