वीरगञ्ज– वीरगञ्ज महानगरपालिका वडा न. १० को आयोजना र घड़िअर्वा स्पोर्ट्स क्लब, बिरगंज भेटरान सिटी मनीला फ़ाउनडेसनको सह आयोजनामा लोकतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रमको उदघाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो ।
वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह क़ानुको अध्यक्षतामा सम्पन्न सो रक्तदान कार्यक्रममा सबैले रगत दिएर सहयोग गर्न नगर प्रमुख सिंहले आग्रह गर्नुभएको थियो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति ब्रिजकिशोर पटेल,दशाखा मन्त्री बिनोद गिरी, घड़िअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह क़ानु, प्रभाकर गुप्ता उमासंकर साह किशोरी साह, शंभु साह,भेटरान सिटीका सागर राणा रोशन गुप्ता,दिनेश साह। वार्ड सचिव पवन प्रधान वार्ड सदस्य सन्तोष जैसी लगायतको उपस्तिथि रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा १ महिला सहित ५२ जनाले रक्तदान गरेका थिए। रक्तदान गरेका हुन । रक्तदान गर्नेहरु सुशील कुमा गुप्ता, डा.उमेश कुशवाहा, उमाशंकर साह, नरेश शर्मा, आदित्य कुमार साह, सन्तोष जैशी, राजेश सिंह, लखन लाल गुप्ता लगाएतकाहरुले रक्तदान गरेका हुन। उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्तसंचारका प्राबिधिक जितेन्द्र कुश्वाहा, नितेश यावद, नमित चौरसियाको सहयोग रहेको थियोे।
साथै महानगरपालिका वडा नम्बर १० को वडा कार्यलयले रक्त सञ्चार केन्द्र वीरगन्जलाई १ लाख रुपैयाँ प्रदान गरेको छ। वडाका नागरिक बिरामी परेर रगत चढाउन परेमा रक्त सञ्चार केन्द्रमा रगत परीक्षण बापत लाग्ने शुल्क निःशुल्क गराउनका लागि वडा कार्यालयले उक्त रकम रक्त सञ्चार केन्द्रलाई प्रदान गरेको हो। बिहीबार वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले १ लाख रुपैयाँको चेक नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेललाई प्रदान गरे।
लिन्करोड रहेको बिस्को सहकारी संस्था लिमिटेडकको वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष डिल्ली विक्रम कार्कीले जानकारी दिनुभएको छ। बिस्को सहकारी संस्था लिमिटेडको भवनमा रक्तदान सम्पन्न भएको हो । बिरगंज बचत तथा ऋण (बिस्को) सहकारी संस्थाको २७ औं बार्षिक उत्सवको अवसरमा (हिजो) बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका एसपि गौतम मिश्रको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उहाँले पिडितको पक्षमा सधैं साथ र सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको छ।
दुबै रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियोे। उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित ४० जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नुहुनेमा दिपेश कार्की, प्रमानन्द कृष्ण, नागेन्द्र साह, रामबिलाश महतो, स्मित सिंह लगाएतकाहरुले रक्तदान गरेका थिए। उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्तसंचारका प्राबिधिक दिलमाया घिमिरे र समिम आलमको सहयोग रहेको थियोे।