मुड़बलवा, रौतहट — नेपाल रेडक्रस सोसाइटी मुड़बलवा उपशाखाको २८औं वार्षिक साधारण सभा तथा सातौं उपशाखा अधिवेशन हिजो (शनिबार) सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम उपशाखाका सभापति श्री विजय शंकर प्रसाद यादवको अध्यक्षता तथा शाखाका सभापति श्री राज किशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रारम्भमा उपशाखाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि उपस्थित सभासदहरूले सुझाव राख्दै छलफल गरेपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो।
अधिवेशनबाट पुनः श्री विजय शंकर प्रसाद यादवको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। यो कार्यसमितिमा समावेश सबै सदस्यहरूलाई उपस्थित अतिथिहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्री राम वशिष्ठ यादव, श्री रामेश्वर प्रसाद यादव, मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपकोषाध्यक्ष श्री कैमुदीनजी, सदस्य श्री संजय यादव, श्री राम एकवाल साह, उपशाखा महादेवपट्टीका सभापति श्री हेमन्त यादव लगायत विभिन्न समाजसेवी, राजनीतिक, शैक्षिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सबै महानुभावहरूले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले समाजसेवामा समर्पित रहन सुझाव तथा प्रेरणा प्रदान गरेका थिए।
कार्यक्रम हर्षोल्लास, सम्मान र समर्पणको वातावरणमा सफलतापूर्वक सम्पन्न भएको रेडक्रस उपशाखाले जनाएको छ।