काठमाडौं । संगीतकार संघको अध्यक्षमा अष्ट लामा चुनिएका छन् । शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट उनको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चुनिएको हो ।
वरिष्ठ उपाध्यक्षमा राजेश थापा, प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय चुनिएका छन् ।
सदस्यमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल छन् । शम्भुजीत बासकोटा संस्थापक अध्यक्ष रहेको संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष रहिसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष लामाले अध्यक्षमा चुनिएसँगै आफ्नो कार्यकालको लागि ८ बुँदे योजना सार्वजनिक गरेका छन् । जसमा अक्षय कोष, सर्जकलाई सम्मान, सामाजिक सुरक्षा, संगीत रोयल्टी लगायतका कार्यक्रम छन् ।