वीरगञ्ज– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्यदूताबास बीरगंजले चितवन, हेटौंडा, रौतहट, धनुषाधाम, बारा र पर्सा जिल्लाको बीरगंजस्थित शंकरआर्चाय गेट नजिकै भब्य रुपमा योग दिवस मनाउन लागेको आज पत्रकार सम्मेलनमार्फत महावाणिज्यदूताबास बीरगंजका देवी साहयक मिनाले जानकारी दिनुभएको छ।
पत्रकार सम्मेलनमा बताएअनुसार अहिले संयुक्तराष्ट्र संघले ११ डिसेम्बर २०१४ जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन घोषण गरे अनुसार हामीले नेपालमा विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा योग दिवस मनाउन लागेको मिनाले बताए। उनले भने अहिले नेपाल सहित १७७ देशको समर्थनमा संयुक्तराष्ट्र संघको ६९औँ महासभामा प्रस्ताव प्रस्तुत गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योग गर्नाले मन शरिर बिचारसंगै स्वस्थ रहन सक्ने बताएका छन् । साथै जलवायु परिवर्तनसंग लड्न सक्ने क्षमता आउने भएकोले योग अहिले विश्वभर एकैपटक हुन लागेको र सबैलाई जागरूकता ल्याउन अति आवश्यकता रहेको बताएका छन् ।
यो अन्तर्राष्ट्रिय दिवसमा महावाणिज्यदूताबास बीरगंजले आगामी १६ जुन उधोग वाणिज्य संघको नारायणी नदि किनारमा विहान ५ः३० बजे, १७ जुन हेटौंडाको रोयल पार्टी प्यालेसमा ५ः३० बजे, १८ जुन रौतहट जिल्लाको सरस्वती उच्च माध्यमिक बिधालय पिपरा, भलोहियाको दुर्गा भगवती गाउँपालिकामा ५ः३० बजे, धनुषा जिल्लामा ५ः३० बजे, बारा जिल्लाको गढीमाई मन्दिर विवाहमंडप परिसरमा ५ः३० बजे र पर्सा जिल्लाको बीरगंजस्थित शंकरआचार्य गेटमा बिहान ५ः३० बजे हुने भएकोले सबैलाई उपस्थित हुन अपिल समेत गरेको छ।
कार्यक्रम स्थलमा उपस्थित हुने सबैलाई निशुल्क खुल्ला व्यायामको व्यवस्था मिलाइएको समेत सो पत्रकार सम्मेलनमा महावाणिज्यदूताबासका मिनाले बताएका छन् । पत्रकारमा महावाणिज्यदूतबासका अजय जैन, महावाणिज्यदूताबासका मनिष कुमार दास लगायतको उपस्थित रहेको थियो ।