वीरगञ्ज– अलखिया मठ समिति बीरगंजको आयोजना र सर्वोत्तम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको समन्वयमा आजदेखि प्रत्येक शनिबार ७ः३० बजेदेखि १० सम्म सबै प्रकारका रोगहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुरु भएको छ।
अलखिया मठ समिति बीरगंजका उपाध्यक्ष संजय जोशीका अनुसार अब हरेक शनिबार गरिव विपन्न तथा ठूला बडाहरुको सबै प्रकार रोगहरुको चेकजाँच गरिने बताएका छन् । उनका अनुसार यस्ता निशुल्क स्वास्थ्य चेकजाँच परिक्षण गर्ने वातावरण सर्वोत्तम हस्पिटल एवम् रिसर्च सेन्टर प्रालिका निर्देशक डाक्टर चित्ररन्जन साहको अथक प्रयासबाट सफल भएको हो । यहाँ चेकजाँच गरिएका विमारीहरुलाई अलखिया मठ समितिले सिफारिस गरेर पठाएकालाई गरिव तथा जेहेन्दारहरुलाई सकभर निशुल्क उपचार सेवा प्रदान गर्ने अस्पतालले आसवासन दिएको समितिका उपाध्यक्ष जोशीले बताए । सर्वोत्तम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिकाका निर्देशक डाक्टर चित्ररन्जन साहले, ‘हामीले यहाँ सबै रोगहरुका डाक्टरहरु उपस्थित गराएका छौँ’ भनेका छन्।
अलखिया मठ समितिमा चेकजाँच गरिएका जस्तोसुकै विमारीहरुलाई सर्वोत्तम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धेरैभन्दा धेरै सहुलियत प्रदान गर्ने डाक्टर साहले आशवासन दिनुभएको छ। अहिले यो निशुल्क स्वास्थ्य परिक्षणमा डाक्टर चित्ररन्जन साहको नेतृत्वमा डाक्टर मिता महर्जन ,डाक्टर संजय जैसवाल ,अस्पतालका इन्चार्ज राधेकृष्ण राय अस्पताल इन्चार्ज रविभुषण पटेल ,अहेब बिष्णु यादव ,अहेब सनोज गुप्ता ,अनमि बिन्दु गुप्ता ,एमएलटि राजेश यादव ,अस्पताल प्रशासन प्रमुख दुर्गेस साह, अस्पताल लेखापाल आलोक साह लगायतको टोली रहेको छ। निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा करिब २०० जनाले सेवा लिएका छन् ।
निशुल्क स्वास्थ्य परिक्षणलाई सफल गर्ने सहयोगी हातहरु, वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष प्रदुमन सेढाई ,अलखिया मठ समितिका सचिव रोशन कुमार श्रेष्ठ, कोषाध्यक्ष निरज हरिभुल, सहकोषाध्यक्ष रवि रन्जन मिश्र, नेवाः दे दवु जिल्ला कार्यसमिति अध्यक्ष सुन्दर श्रेष्ठ ,कार्यालय सहयोगी गौतम मुनि लगायतले सहयोगीको भुमिका खेल्नु भएको थियो ।