वीरगंज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने नारासहित सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । साउथ सिटी हिमाल हस्पिटलको आयोजनामा भएको सो कार्यक्रममा १२ जना महिला सहित ४१ जनाले रक्तदान गरेका छन्। गर्मीको चर्को मौसम र अस्पतालहरूमा देखिएको रगतअभावलाई ध्यानमा राख्दै कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सदस्य दया शंकर सिंह, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सञ्चारकर्मी अर्जुन चौधरी र प्रहलाद चौरसिया लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा अञ्जली यादव, प्रियंसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, दिलमाया, विशाल साह, मो। नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, सोनी प्रति साह, रामुजी यादव, शेती मगा प्रणिस्ता न्यौपाने लगायतले रक्तदान गरेका थिए।नेपाल रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा र नितेश यादव लगायतका स्वास्थ्यकर्मीहरूले प्राविधिक सहयोग प्रदान गरेका थिए।