नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साको आयोजनामा आज २०औँ अडान दिवस भव्य रूपमा मनाइएको छ। लेखापरीक्षकहरू घण्टाघरमा भेला भएर ‘अडान दिवस’ लेखिएको ब्यानरसहित आदर्शनगरदेखि घडिअर्वा, माईस्थान हुँदै परिक्रमा गरी पुनः घण्टाघरमा फर्केर बिसर्जन गरिएको थियो।
कार्यक्रम अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार र डा. सन्तोष कुमार गुप्ताले सम्बोधन गरेका थिए।
कार्यक्रममा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई, पदाधिकारी प्रेमचन्द्र चौरसिया, रामबाबु साह लगायत सदस्यहरू श्याम नारायण श्रेष्ठ, रोशन श्रेष्ठ, अरुण कुमार बर्मा, अनिल कुमार कर्ण, जयन्त चौरसिया र लेखापरीक्षक उमेशचन्द्र यादव, श्याम ठाकुर, किशोर गुप्ता, दीपक उपाध्याय, प्रेम उपाध्याय, बैजनाथ साह तथा लेखा सहयोगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अडान दिवसको अवसरमा यसै साउन ९ गते ५१ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको जानकारी पनि प्रदान गरिएको थियो।सम्पूर्ण कार्यक्रम अडान पर्साका सचिव कुलोत्तम पोखरेलको संयोजकत्वमा सञ्चालन भएको थियो।यस कार्यक्रममा लेखापरीक्षकोंको एकता र व्यावसायिक प्रतिबद्धतालाई अझ सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।