वीरगञ्ज : संयुक्त अरब इमिरेट्स ९यूएई०ले नेपाली नागरिकका लागि कामदार ९वर्किङ० भिसा बन्द गरेको छ। यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो। नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ। पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई आउने गरेका छन्।
दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन्। एक स्थानीय सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेस भएका भिसा अस्वीकार भएको जनाएका छन्।
त्यस्तै, एक वेयर हाउस कम्पनीका पीआरओले २५ जना नेपाली श्रमिकका लागि आवेदन दर्ता गरिए पनि सबै भिसा अस्वीकृत भएको बताएका छन्। यस्तै, एक क्लिनिङ कम्पनीले पनि १२ कामदारको भिसा अस्वीकार भएको जनाएको छ। यूएईको इमिग्रेसनबाट बाहिरी देश९ नेपाल० बाट हालिने नयाँ भिसा रोकिएका छन्।
ई–७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने
ई–७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई–७ भिसामा कोरिया जाने बाटो बन्द भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन्।