दुबई : भारत र पाकिस्तान एसिया कप क्रिकेटमा आइतबार फेरि एकपल्ट भिड्दै छन् । त्यो पनि यसअघिको खेलमा एकअर्काबीच हात नमिलाएको विवादबीच । यसक्रममा विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतिद्वन्द्विता भने मैदानमा फर्कने छ । लिग चरणको पछिल्लो खेलमा भारत पाकिस्तानमाथि सजिलै ७ विकेटले विजयी भएको थियो र त्यसयता खेलाडीले पाकिस्तानी समकक्षीसँग हातै मिलाएनन् । यस कारणले पाकिस्तान हदैसम्म रिसाएको छ ।
मे महिनामा छिमेकी दुई देशबीच चार दिन चलेको द्वन्द्वपछि पहिलो पटक त्यो खेल भएको थियो । द्वन्द्वमा ७० भन्दा बढीले ज्यान गुमाएका थिए । पाकिस्तानी क्रिकेट बोर्डले भारतीय खेलाडीको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा औपचारिक विरोध मात्र गरेको थिएन, म्याच रेफ्री एन्डी पेक्राफ्टलाई कारबाही गर्न पनि माग गरेको थियो ।
पाकिस्तानको आरोप छ पेक्राफ्टले आफ्ना कप्तान सलमान आगालाई सूर्यकुमार यादवसँग टसका बेला हात नमिलाउन भनेका थिए । पाकिस्तानी बोर्डले ती म्याच रेफ्रीलाई हटाउन पनि भनेको थियो । अझ कुल ८ टिमसम्मिलित प्रतियोगिताबाट नाम फिर्ता लिने धम्की दिएको थियो । पाकिस्तानसम्मिलित लिग चरणको अन्तिम खेल एक घण्टा ढिला सुरु भएको थियो ।
पाकिस्तानी बोर्डको दाबी थियो, म्याच रेफ्री पेक्राफ्टले माफी मागेका छन् । त्यस खेलमा पाकिस्तानले यूएईलाई अपेक्षाअनुसार पराजित पनि गर्यो र अन्तिम चारका लागि छनोट भयो । त्यसै कारण फेरि भारत र पाकिस्तान आमनेसामने भएको हो । यो खेलमा पनि भारतीय टिमको एउट नीति छ, पाकिस्तानी खेलाडीसँग हात मिलाउँदै नमिलाउने ।
भारतीय कप्तान यादव यी विवादलाई सक्दो शान्त पार्ने प्रयासमा छन् । ओमानमाथि शुक्रबार प्राप्त जितपछि उनले भनेका छन्, ‘जतिबेला मैदानमा उत्रने गर्छौं, ती खाली ब्याटर मात्र हुने गर्छन् । मैले पाकिस्तानविरुद्धको खेलमा यस्तै नीति लिने गरेको छु । पाकिस्तानी कप्तान आगा पनि खेलमै केन्द्रित हुन चाहन्छन् र भन्छन्, ‘हामीले उत्कृष्ट क्रिकेट खेल्यौं भने जो कोही प्रतिद्वन्द्वीसामु पनि राम्रै हुन्छौं ।’
आणविक हतियारले सुसज्जित दुई छिमेकी देशबीच राजनीतिक तनाव अझ धेरै बढेको छ । यसबीच भारत र पाकिस्तानले एक अर्काविरुद्ध तटस्थ भूमिमा मात्र खेलिरहेको छ । त्यो पनि दुईभन्दा बढी टिम सहभागी हुने प्रतियोगितामा । सन् १९९९ यता भारत र पाकिस्तान युद्धको स्थितिमा होमिएका थिए, त्यसैले अहिलेको एसिया कप अगाडि तनाव असाध्यै बढेको थियो ।
दुई देशबीच युद्धविरामको घोषणा हुन् अगाडि एकले अर्कोमा मिसाइल, ड्रोन र अन्य अस्त्रले आक्रमण गरेको थियो । भारत नियन्त्रित काश्मिरमा अप्रिलमा आतंककारी आक्रमण भएपछि नयाँ दिल्ली यो सबैको दोष पाकिस्तानमाथि लगाएको थियो । इस्लामाबादले भने लगातार यस आरोप अस्वीकार गर्दै आएको छ । एसिया कपको पहिलो खेल पनि भारतले बहिष्कार गर्ने सम्भावना रहेको बताएको थियो ।
तर, भारत खेल्न भने तयार रह्यो । अब सम्भावना के पनि छ भने दुवै टिम फाइनल प्रवेश गर्न सफल रहे, यी देशबीच एउटै प्रतियोगितामा तेस्रो खेल पनि सम्भव हुनेछ । फाइनल दुबईमै हुनेछ सेप्टेम्बर २८ मा । भारत पछिल्लो एसिया कपको विजेता पनि हो, त्यति बेला यो प्रतियोगिता एकदिवसीय शैलीमा भएको थियो । भारत र पाकिस्तान समूह ‘ए’ बाट अन्तिम चार पुगेको थियो ।
श्रीलंका र बंगलादेश भने समूह ‘बी’ बाट अन्तिम चार पुगेको छ । अहिलेसम्म अपराजित श्रीलंकाले बलियो प्रतिद्वन्द्वी साबित हुनेछ । कप्तान लिट्टन दासको नेतृत्वमा बंगलादेशलाई पनि कम आँक्न मिल्ने छैन । यस्तोमा अन्तिम चारका खेल लिग चरणको तुलनामा बढी प्रतिस्पर्धात्मक हुनेछ । यो प्रतियोगिता फेब्रुअरी–मार्चमा ट्वान्टी–२० विश्वकपको तयारीको रूपमा श्रीलंकामा हुनेछ ।