बीरगंज, पर्सा– बीरगंज युथ स्पोर्ट्स एकेडेमी बीरगंजले आयोजना गर्ने बीरगंज सुपर लिग (BSL) सिजन ४ का लागि खेलाडीहरूको किनबेच कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न भएको छ। बीरगंजस्थित एनआइ कलेजको परिसरमा आयोजित उक्त कार्यक्रममा करिब १५० जना क्रिकेट खेलाडीहरू सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता बीरगंज युथ स्पोर्ट्स एकेडेमी बीरगंजका अध्यक्ष निरज झाको अध्यक्षता तथा पर्सा क्रिकेट संघका अध्यक्ष तथा एनआइ कलेजका प्रिन्सिपल मनिष सिंहको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले वर्तमान समयमा क्रिकेटले युवा पुस्तालाई उज्ज्वल भविष्यको ढोका खोलिदिएको उल्लेख गरे। उनले भने, “अहिले क्रिकेट खेलमा धेरै अवसरहरू खुल्दै गएका छन्। जसले क्रिकेटलाई गम्भीरतापूर्वक खेल्दछ, उसले आफ्नो भविष्य यसैमा खोज्न सक्छ।”
उनले थपे, “हिजोको दिनमा धेरैले सोध्थे – क्रिकेटले के दिन्छरु तर अहिले त्यो धारणा परिवर्तन भएको छ। यथेष्ट अवसरहरू छन् र मेहनत गर्नेहरूको लागि सफलताको ढोका खुल्दै गइरहेको ”अध्यक्ष सिंहले बताएका छन् ।त्यसैगरी प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले बताए अनुसार यस्ता कार्यक्रमहरु मार्फत खेलाडी खरिद गर्ने हो भने उनीहरूको भबिस्य सुनिश्चित हुने बताए ।।सहभागी विभिन्न टिमका प्रतिनिधिहरूले खेलाडी छनोट गरेर आगामी बीएसएल सिजन ४ को लागि आफ्नो टोली तयार पारेका छन्। खेलाडीको मूल्यांकन उनीहरूको प्रदर्शन, अनुभव, तथा क्षमता आधारमा साउथजोन स्पोर्ट्स ,ड्राइगन साहिब दरबार ,अपन कालिकामाई ,मधेस इलाइट,रोयल बीरगंज लगायत पाँच वटा क्लबहरुले खेलाडीहरुलाई खरिद थियो।
कार्यक्रममा उपस्थित विभिन्न खेल संरचनासँग सम्बन्धित व्यक्तिहरू, प्रशिक्षकहरू, खेलाडी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस प्रकारको पारदर्शी र व्यवस्थित खेलाडी किनबेच कार्यक्रमले स्थानीय स्तरको क्रिकेट विकासमा ठूलो टेवा पुर्याउने विश्वास लिइएको छ। बीरगंज सुपर लिग (BSL) सिजन ४ छिट्टै सुरु हुने प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिनुभएको छ।।कार्यक्रममा राष्ट्रिय अमपायर सतिश सिंह ,,प्याब्सन नगर सचिव अमित आलोक,पर्सा क्रिकेट संघका सचिव घनश्याम बाबू गुप्ता ,महम्मद समदर अली लगायतको उपस्थित रहेको थियो ।