काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज क्वालिफायर १ मा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
आजको विजेता टोली सिधै फाइनलमा पुग्नेछ । समूह चरणमा विराटनगरसँगै नराम्रोसँग पराजित भएको सुदूरपश्चिम आज त्यसको बदलाका साथै जित निकालेर सिधै फाइनलमा पुग्ने होडमा छ । यस्तै समूहचरणकै जितबाट हौसला बढाएको विराटनगर पनि सोही दबदबा कायम राख्दै सुदूरपश्चिमलाई हराउने चाह राखेको छ ।
सुदूरपश्चिम र विराटनगर मंगलबार फाइनल प्रवेश पाउन एकअर्काविरुद्ध खेल्दैछन् । सुदूरपश्चिमलाई नै लिग चरणको अन्तिम खेलमा हराएपछि विराटनगर यो स्थितिमा पुगेको हो । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगेको थियो ।
आज पराजित टोलीले भने अर्को मौका पाउनेछ । यता काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलमा बिजी टिमसँग खेल्दै जित निकालेमा फाइनलमा पुग्ने सम्भावना छँदैछ ।
दुई जना विदेशी खेलाडी बाहिरिएपछि उनीहरुको स्थानमा सुदूरपश्चिमले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका भारतीय खेलाडी सेल्डन ज्याक्सन र हाल अमेरिकामा रहेका पाकिस्तानका पूर्वखेलाडी मुख्तर अहमदलाई टोलीमा समावेश गरेको छ । पाकिस्तानबाट १० वर्षअगाडि ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका अहमदले हाल अमेरिकाको घरेलु क्रिकेटमा खेल्दै आएका छन् ।
विराटनगरसँग पराजित भएपछि गत सिजनको उपविजेता सुदूरपश्चिमको लगातार ६ खेलको जित यात्रा रोकिएको थियो ।
यता डु प्लेसिस आएयता विराटनगरको ब्याटिङ थप बलियो बनेको छ । मार्टिन गप्टिल पनि चोटबाट फर्किएका छन् । सुदूरपश्चिमविरुद्ध विराटनगरका ब्याटरहरू खनिँदा गप्टिलले ९ बलमा ३ छक्कासहित २२ रन बनाएका थिए । विराटनगर पहिलो पटक प्लेअफमा पुग्नेक्रममा लिग चरणपछि शीर्ष २ टोली बनेको हो । सुदूरपश्चिम र विराटनगरबीचको विजेता सोझै फाइनल पुग्ने छ । काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । यसको विजेता टोलीले क्वालिफायर १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्नेछ ।