वीरगंज –१० घडिर्वा पोखरी नजिक रहेको एतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको सौन्दर्यकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता दिन आज मेयर राजेशमान सिंह स्वयं मन्दिर स्थलमै पुगेर विस्तृत अनुगमन तथा अवलोकन गरेका छन.
निरीक्षणको क्रममा वडा अध्यक्ष सुशील साहको विशे उपस्थितिमा मेयर सिंहले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्दिरको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, संरचनागत कमीकमजोरी, पर्यटकीय सम्भावना, तथा आगामी योजनाहरूका बारेमा सूक्ष्म अध्ययन गर्नुभयो।
मन्दिर क्षेत्रलाई सुरक्षित, आकर्षक र व्यवस्थित बनाउने लक्ष्यसहित मेयर सिंहले मार्ग विस्तार, सोलार तथा आधुनिक बत्ती व्यवस्थापन, सफाइ सुदृढीकरण, हरियाली विस्तार, ढल निकास, पार्किङ व्यवस्था, तथा आवश्यक संरचनागत सुधारलाई पहिलो प्राथमिकतामा राखी तत्काल कार्य अघि बढाउन सम्बन्धित प्राविधिक र कार्यान्वयन टोलीलाई स्पष्ट निर्देशन दिनुभयो।
स्थानीय समुदायको सुझावलाई आधार बनाउँदै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रबिन्दु बनाउन सकिने सम्भावनाबारे पनि मेयर सिंहले जोड दिनुभयो। मन्दिर परिसरलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने काममा महानगर निरन्तर प्रतिबद्ध रहेको बताउँदै उनले स्वन्दिकरण कार्यलाई छिटो, दिगो र प्रभावकारी रूपमा अघि बढाइने आश्वासन दिनुभयो।
आजको स्थलगत निरीक्षणले राम–जानकी मन्दिरको विकास योजना महत्त्वपूर्ण चरणमा प्रवेश गरेको स्पष्ट भएको स्थानीय बासिन्दाले प्रतिक्रिया जनाएका छन्।