जगत राई
वीरगंज– बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ। शनिबार होटल बैङकमा सम्पन्न भएको १५ औँ वार्षिक साधारणसभाले सस्थाको संचालक समितिको अध्यक्षमा पुन फेरि कृष्ण कुमार श्रेष्ठलाई चयन गरेको छ।
उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ ,सचिव राजेश बहादुर श्रेष्ठ ,सहसचिव सुन्दर श्रेष्ठ ,कोषाध्यक्ष संजय कुमार श्रेष्ठ र सदस्यहरु कृष्ण देव साह,निरन्जन क्षेत्री ,श्रीमती सुनैना मानन्धर ,ध्रुव नारायण श्रेष्ठ ,र लेखा सुपरिवेक्षक समितिको संयोजक अधिवक्ता शालिकराम प्रसाद कानु र सदस्यहरु दिपेन्द्र गोविन्द बैध पारसनाथ प्रसाद सर्वसहमतिबाट चयन भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभएको छ।
उनले नवनिर्वाचित संचालक समितिका पदाधिकारीहरुलाई गोपोनियत तथा संस्थाले गर्नुपर्ने जिम्मेवारी तथा संस्थालाई अगाडि बढाउन सुझाव साथै संस्थाको हितमा काम गर्न सबैलाई सल्लाह तथा सुझाव दिनुभएको थियो ।
त्यसैगरी अर्को निर्वाचन अधिकृत जिष्णु बरालले संस्थालाई कसरी उपलब्धि गर्ने र बचतकर्ताहरुको सधैं हितका लागि काम गर्न संचालक समितिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुलाई सुझाव सल्लाह दिनुभएको थियो । आर्थिक सल्लाहकार दिपेन्द्र गोविन्द बैधले स्वागत मनतब्य गर्नुभएको थियो भने संस्थाका ब्यवस्थापक मुन्ना कुमार ठाकुरले संस्थाको वार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उहाँले यो संस्था २०६७ अशोज २२ गते शुक्रबार देखि ३३ जना बाट रु २० लाख रकम शुरुआत गरेको अहिले संस्था संग रु ५ करोड ११ लाख ५ हजार ५२६ रकम कुल निक्षेप रहेको बताएका छन् ।
अहिलेसम्म संस्थामा संस्थापक शेयरधनीहरु र सदस्यहरुको शेयर पुजी २०८१र८२ मा ८९ लाख ६७ हजार र संस्थामा कुल सदस्यहरु १३२५ रहेका छन् ।पुरुष ७०२ महिला ६२५ रहेको छ।संस्थाले अहिलेसम्म कर्जा लगानी रु ६ करोड ७१ हजार र ब्यवस्था अघि नाफा २३ लाख ३१ हजार २४५ रहेको छ।कर पछि नाफा रु १८ लाख ६४ हजार ९९६र र ब्यवस्था पछि नाफा रु ६ लाख ७८ हजार ४७९ संस्थाले अहिलेसम्म उपलब्धि गरेको ब्यवस्थापक मुन्ना कुमार ठाकुरले जानकारी दिनुभएको छ।उनले बताए अनुसार संस्थालाई जहिले पनि उपलब्धि हुने काम आफुहरुले गर्ने ठाकुरले बताएका छन् ।