काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको समृद्धिको साँचो हाम्रा युवाहरूको हातमा रहेको बताएका छन् । बिहीबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले यस्तो बताएका हुन् ।
दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै उनले अनवरत जिज्ञासा, कठोर परिश्रम र असफलतासँग जुधेर प्राप्त गरेको विजयको चिनारी नै अहिले प्राप्त गरेको उपाधि रहेको बताए ।
‘२१औं शताब्दीको विश्वले अब ‘तपाईंसँग कुन डिग्री छ रु’ भन्दा पनि ‘तपाईं के गर्न सक्नुहुन्छ रु’ भनेर सोध्ने छ । त्यसैले, आफूलाई सधैं प्रश्न गर्नुहोस्,’ उनले भनेका छन्, ‘तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ रु विचार गर्नुहोस् – तपाईंको काँधमा यो देश अडिएको छ ।’
साथै, उनले हाम्रा प्रयोगशाला, तथा कार्यशालाहरूलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्ने बताए । आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्ने पनि उनले बताए । प्रविधि, सुदृढ अर्थतन्त्र र समाज विकासबीचको पुल बन्नुपर्ने मन्त्री पुनको भनाइ थियो ।
‘हाम्रो जलस्रोत, खनिज, जैविक विविधताका साथै रैथाने र परम्परागत ज्ञान र प्रविधि समेतलाई जबसम्म हामीले व्यावहारिक अनुसन्धान र उद्यमसँग जोड्दैनौं,’ मन्त्री पुनले भने, ‘तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौँ भन्ने कुरा हामीले नै बुझनुपर्छ । यस समारोहमा दीक्षित विद्यार्थीहरूले यो मर्मलाई बुऊनुहुन्छ भन्नेमा म ज्यादै भरोसा गर्दछु ।’