वीरगञ्ज, पौष १७
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती र टोपी लगाएर वीरगञ्ज सहर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने नारासहित निकालिएको र्यालीमार्फत सहभागीहरूले सांस्कृतिक पहिचानको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेका थिए।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पहाडी समुदायबाट मधेसी समुदायमाथि हुने विभेद तथा दुर्व्यवहारप्रति विरोध जनाउँदै राष्ट्रिय पोसाक दिवस मनाइएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। उनका अनुसार मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति गरिने अपमान र विभेदको अन्त्य तथा आपसी सम्मान प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
र्यालीमा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै ‘तराई–पहाड एक हौँ’ भन्ने नारा लगाउँदै नगर परिक्रमा गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विविधताभित्रको एकता मजबुत बनाउने र सबै समुदायबीच सहिष्णुता तथा आपसी सम्मान बढाउने विश्वास गरिएको छ।
जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा निस्किएको र्यालीमा पार्टीका केन्द्रीय सदस्य विद्यालाल प्रसाद, सीमा गुप्ता, मालती कुशवाहा, श्याम प्रसाद गुप्ता, श्याम शंकर चौरसिया, नजमा खातुन, रुक्साना खातुन, प्रदेश सदस्यहरू बृजेश्वर चौधरी, राजनारायण मिश्र, सत्जुग साह, अब्दुल अन्सारी, साथै अमरनाथ सिंह राठौर, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव, बिन्दावासिनी गाउँपालिका अध्यक्ष ललन (विनोद) चौरसिया, बहुदरमाई नगर अध्यक्ष जगदीश पटेल, नगर संयोजक सतेन्द्र गुप्ता, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष देवेन्द्र रवानी, छिपहरमाई गाउँपालिका अध्यक्ष कृष्ण कुशवाहा, कालिकामाई गाउँपालिका अध्यक्ष प्रदीप साह, पटेर्वासुगौली गाउँपालिका अध्यक्ष शिव मुखिया, इन्जिनियर संघ पर्साका जिल्ला अध्यक्ष ई. राजुराज गिरी, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अञ्जना गुप्ता, दलित अध्यक्ष नरेश रामलगायतका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस्तै कार्यक्रममा डा. मनोज कुमार, सीए देवराज, महेश चौरसिया, रामबाबु चौरसिया, जय भोले यादव, सहनवाज राकी, नागेन्द्र गुप्ता, तुलसी राम, एकबाल अन्सारी, युवा नेता अजित सिंह, सुजित सिंहलगायत सयौँको संख्यामा सहभागीता रहेको आयोजकले जनाएको छ।