बीरगंज– हरियाली र प्रकृतिको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा बीरगंजमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमले बीरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने दीर्घकालीन अभियानलाई थप मजबुत बनाएको आयोजकहरूले बताएका छन्। वृक्षारोपणमार्फत वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि स्वस्थ जीवनशैलीको आधार तयार पार्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।
उक्त कार्यक्रमको अध्यक्षता बीरगंज महानगरपालिकाका सरसफाइ तथा हरियाली संयोजक एवं ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथिमा सशस्त्र प्रहरीका एसपी पुरन चन्द भट्ट र डीएसपी पुरुषोत्तम भण्डारी रहनुभएको थियो। साथै सामुदायिक प्रहरीका पदाधिकारी, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाश खेतानले भन्नुभयो,“हरियाली बिना जीवन सम्भव छैन। आज रोपिएका बिरुवाहरू भोलिका पुस्ताका लागि स्वच्छ हावा, स्वस्थ वातावरण र सुरक्षित भविष्यको आधार बन्नेछन्। बीरगंजलाई हराभरा र सुन्दर सहर बनाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक छ।”
कार्यक्रममा निम्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा रक्सौल सिमा सुरक्षा बलका दीपक कुमार डीसी एसएसबी ४७ बटालियन,नवीन कुमार, डीसी, एसएसबी ४७औँ बटालियन,उत्तम घोष, एसी, एसएसबी ४७औँ बटालियन,इन्स्पेक्टररजीडी घारी राम, एसएसबी ४७बटालियन,विशम्भर दास, एसएसबी ४७औँ बटालियन,एसआईरजीडी लोकेन्द्र शर्मा, एसएसबी ४७औँ एमएमका विशेष उपस्थिति रहेको थियोे।
कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्न आग्रह गर्दै, यस्ता वातावरणमैत्री गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

