करैयामाई गाउँपालिकाको हिउँदे गाउँसभाको १८औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन अध्यक्ष यादवले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव, वडा नम्बर १ का अध्यक्ष सोनालाल साह, वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष प्रशुराम प्रसाद यादव, वडा नम्बर ४ का अध्यक्ष एकलाख बाबु अंसारी, वडा नम्बर ५ का अध्यक्ष उमेश प्रसाद चौधरी, वडा नम्बर ६ का अध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ७ का अध्यक्ष बृज चौधरी तथा वडा नम्बर ८ का अध्यक्ष दिनेश चौधरीको उपस्थिति रहेको थियो।
त्यसैगरी गाउँपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरू, गाउँ कार्यपालिका सदस्यहरू, गाउँसभाका सबै सदस्यहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख बिरेन्द्र महतोले गर्नुभएको थियो। अधिवेशनमा गाउँपालिकाका समसामयिक विषयहरू, विकास योजना तथा आगामी कार्यदिशाबारे छलफल भएको बताइएको छ।